रवि लामिछाने पक्राउपछि उनको दाइले लेखे यस्तो स्टाटस



३१ साउन २०७६, शुक्रबार

चितवनमा झुण्डिएर आत्महत्या गरेका पुडासैनीले मर्नुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि पत्रकार रवि लामिछानेसहित ३ जनालाई बिहिबार पक्राउ गरेको थियो ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका पत्रकार रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि उनका दाइ तथा रेडियो नेपालका पत्रकार हरिशरण लामिछानेले फेसबुकमा सत्यको जित हुने स्ट्याटस लेखेका छन् ।

हरिशरण लामिछानेले लेखेका छन् : सत्य यही हो भन्न त गाह्रो छ तर सत्यको नजिकसम्म भने अवश्य पुग्न सकिन्छ # Be strong Rabi  भन्दै रवि लामिछानेलाई धैर्यता नगुमाउन सल्लाह दिएका छन् ।

यसबीच लामिछानेसहित तीनै जनालाई म्याद थपका लागि चितवन जिल्ला अदालत लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्