चीनले जाजरकोट भूकम्प प्रभावितहरुलाई दश करोड मूल्य बराबरको सहयोग गर्ने



काठमाडौं । नेपालस्थित चिनिया दूतावासले जानकारी गराएअनुसार जाजरकोट भूकम्प प्रभावितहरुका लागि चीन सरकारले पहिलो चरणको सहयोग स्वरुप १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।

सामाजिक सञ्जाल एक्समार्फत नेपालका लागि चिनियाँ राजदूत चेन सोङले आपतकालीन सहायताको रूपमा चीनले भूकम्प प्रभावित क्षेत्रलाई उपलब्ध गराउने सबै सामग्री एक–दुई दिनमा आइपुग्ने जानकारी दिएका छन् ।

पहिलो चरणमा १०० मिलियन मूल्य बराबरको पाल र ब्ल्यांकेट लगायतका सामग्री सहयोगका रुपमा उपलब्ध गराउने घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्