नेकपा एमाले बुढानीलकण्ठ-१२ वडा अधिवेशन : परिवारवाद विरुद्धको विद्रोह ?



नेकपा एमाले बुढानीलकण्ठ नगरपालिका वडा नं १२ ले यहि मंसिर ३० गते दोश्रो वडा अधिवेसनको तयारीलाई तीव्रता दिएको छ। बुढानीलकण्ठ नगरपालिकाका १३ वटा वडाहरु मध्य पहिलो वडा अधिवेशन गर्न लागेको वडा कमिटीले अधिवेशनको तयारीका क्रममा छलफल र बैठकलाई तीव्रता दिएको हो।

अधिवेसन हुन केहि दिन मात्र बाँकी रहँदा माथिल्लो कमिटीका नेताहरुको उपस्थितिमा वडास्तरीय छलफलको आयोजना गरेर नेतृत्व चयनलाई बहसमा उत्तारेको छ। नेकपा एमालेको मजबुत संगठन रहेको वडाका रुपमा पहिचान बनाएको वडा नं १२ मा गणतन्त्रको स्थापनापछि भएका दुवै स्थानीय निर्वाचनमा (२०७४/२०७९) नेकपा एमालेले प्यानल सहित जितेको थियो।

बुढानीलकण्ठ १२ स्थित इभर साइन पार्टी प्यालेसमा मंसिर ३० गते बिहान १०.३० बजे देखि शुरु हुने उद्धघाटनपछि सोहि दिन बन्द सत्र मार्फत नेतृत्व टुंगिने बुझिएको छ।

एकै परिवारका भट्टराई दाजुभाइ वडाध्यक्ष र पार्टी अध्यक्ष हुँदा पार्टी कमिटीको भूमिका प्रभावकारी बन्न नसकेको, वडाध्यक्षले पार्टी कमिटीलाई निजि कम्पनीको रुपमा आफ्नो स्वार्थ अनुकुल संचालन गरेको र पार्टी सदस्यमा सिफारिस भएकाहरु मध्ये आफू अनुकुलका सदस्यहरुको मात्र सदस्यता प्राप्ति र नवीकरणमा जोड दिएको विषय पार्टी सदस्यहरुबीच चर्चाको विषय बन्ने गरेको देखिन्छ।

यसकारण यसपटकको अधिवेशनलाई पार्टीका सबैजसो कार्यकर्ताहरुले भट्टराईवादको अन्त्य गर्ने अवसरको रुपमा व्याख्या गर्ने गरेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्