चोङकिङ हुयान कल्चरल एण्ड एजुकेशनल फाउण्डेशनको स्टेशनरी सहयोग



काठमाडौं । चीनको चोङकिङ हुयान कल्चरल एण्ड एजुकेशनल फाउण्डेशनको सहयोगमा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित बाल उद्धार माध्यमिक विद्यालयका १९८ विधार्थीहरुलाई झोला र शैक्षिक सामग्री सहयोग गरेको छ।

एजुकेशनल फाउण्डेशनका अध्यक्ष दाओ जियानको सहयोगमा चीनबाट प्राप्त विद्यालय झोला, पेन, पेन्सिल, रुलर, कटर, कम्पास लगायतका सामाग्रीहरु चिनियाँ प्रतिनिधिहरुले विद्यालयकै नेपाल चीन मित्रता हलमा वितरण गरेका थिए।

कक्षा नर्सरीदेखि दशसम्मका सबै कक्षा र सेक्सनमा विद्यालयका शिक्षकहरुको सहयोगमा विद्यार्थीहरुको छनोट गरिएको थियो। सानो भएपनि यस किसिमका सामग्रीहरुको वितरणले दुई देश बीचको जनता जनता बीचको सम्बन्ध स्थापनामा निकै ठूलो भूमिका निर्वाह गर्नेछ।

२ जना चिनियाँ विद्यार्थीहरु अध्ययन गर्ने नेपाल सरकारद्वारा घोषित बूढानीलकण्ठ नगरपालिकाको एक मात्र नमूना विद्यालयमा निजि विद्यालयमा मात्र अध्ययन गर्ने नभई विदेशी विद्यार्थीहरुको समेत आकर्षण बढ्न थालेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेको पहलमा चिनियाँ सहयोगमा विगत १८ महिनादेखि २२० जना विद्यार्थीहरुलाई दैनिक रु. ३० मूल्यको खाजा समेत विद्यार्थीहरुले खाईरहेका छन्।

चिनियाँ दूतावास काठमाण्डौको सहयोगमा विद्यालयको सभाहलको फर्निचर र चिनियाँ भाषा कक्षाको फर्निचर समेत प्राप्त भएको छ। त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस सेन्टरबाट सम्बन्धन प्राप्त २ सामुदायिक विद्यालय मध्ये दरबार हाई स्कूल र बाल उद्धार माध्यमिक विद्यालयमा गतवर्षदेखि चिनियाँ भाषाको पठनपाठ्न समेत भईरहेको छ।

प्रतिक्रिया दिनुहोस्