प्रशासनीक कार्य प्रभावकारी बनाउन निर्देशन



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले प्रशासनीक कार्यलाई अझ प्रभावकारी बनाउन दिर्नेशन दिएका छन् ।

सोमबारको सदस्य–सचिवस्तरीय निर्णयानुसार राखेप मातहतका सबै विभाग र शाखालाई पत्रचार गरी सो निर्देशन दिइएको हो ।

कार्य सम्पादनको सिलसिलामा राखेपमा पेश हुन आएका पत्र, फाइललगायतका कागजातहरु कारवाही प्रक्रियामा ढिलासुस्ती भई गुनासो आएको भन्दै तत्काल गुनासोलाई सम्बोधन गर्न भनिएको छ ।

आगामी दिनमा राखेपका काम, कारवाही चुस्त दुरुस्त रुपमा सम्पादन गर्न सबै विभाग तथा शाखाहरुलाई वित्तिय सम्बन्धी भए बढीमा ५ दिन र अन्य प्रकृतिका भए बढीमा ३ दिनभित्र अनिवार्य रुपमा काम सम्पन्न गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्