चुच्चे नक्सा र चीन-नेपाल पारवहन सन्धिका सुत्रधार हुन् : परराष्ट्रविद् डा. राजन भट्टराई



काठमाडौं । २०७९ जेठ अन्तिममा चेक गणतन्त्रको राजधानी प्रागमा आयोजित एसियाली राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) ले नेकपा एमाले स्थायी कमिटी सदस्य तथा परराष्ट्र विभाग प्रमुख डा. राजन भट्टराईलाई दुई वर्षका लागि एसिया–युरोप राजनीतिक मञ्चको अध्यक्षमा निर्वाचित गर्याे ।

एसिया र युरोपेली महादेशमा रहेका सयौँ राजनीतिक दलहरुले डा. राजन भट्टराईलाई अध्यक्षको रुपमा स्वीकार्नु उनको ईमान्दार र निष्कलंकित छवी नै हो। नेपाली राजनीतिक दलहरुको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय फोरमको नेतृत्व गर्ने डा. भट्टराईको क्षमताले उनलाई अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिनिधित्व गर्न सक्ने एउटा कुशल राजनीतिज्ञको रुपमा स्थापित गरेको छ।

नेकपा एमालेका तत्कालीन नेता माधवकुमार नेपालको प्रधानमन्त्री रहेको समयमा होस् वा २ पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको कार्यकालमा होस्- डा. राजन भट्टराईले नै नेकपा एमालेबाट प्रधानमन्त्री बन्नेहरुको परराष्ट्र मामिला हेर्ने विज्ञको रुपमा काम गर्ने अवसर प्राप्त गरे।

एमालेभित्र नै धेरै कार्यकर्ताहरु छलफल गर्छन् नेकपा एमालेका तर्फबाट भएका प्रधानमन्त्रीहरुको परराष्ट्र मामिला हेर्ने क्षमता राख्ने एमालेमा डा. राजन भट्टराई मात्र हुन् त ? जवाफ सहज छ। डा. भट्टराई मात्र होईनन् तर नेकपा एमालेको केन्द्रिय नेतृत्वमा रहेकाहरु मध्ये उनी बढी अनुभवी र क्षमतावान चाहिँ पक्कै हुन्।

त्यसोभए, सहजै भन्न सकिन्छ, डा. भट्टराईको सहि सल्लाहको कारण नै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय नाकाबन्दीको खुलेर विरोध मात्र गरेनन्, उत्तरतर्फको छिमेकी चीनसँग पारवहन सन्धि गरी नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भू-जडित मुलुकको रुपमा स्थापित गराए।

जबरजस्ती हडपेको नेपाली भू-भागमा करिब ६ दशकदेखि भारतले सैनिक क्याम्प खडा गरेर विवाद निकालेको थियो। यद्धपी त्यो नेपाली भू-भागनै हो। सोहि भूमी लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो भू-भाग भनी नक्सा प्रकाशन गर्यो। नेपालले कुटनीतिक नोट पठाउँदै भारतलाई उक्त भूमी नेपालकै भएको दावी गर्यो। नेपालले पठाएको कुटनीतिक नोटलाई भारतले वेवास्ता गर्दै, जब भारतले भारत-चीन जोड्ने बाटो बनायो, त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले सर्वदलीय बैठक बोलाई उक्त नेपाली भूमी समेटी नेपालको चुच्चे नक्सा जारी गर्यो। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारको रुपमा यस किसिमका दुरगामी निर्णयहरुमा डा. भट्टराईले खेलेको भूमिका अत्यन्तै राष्ट्रवादी देखिन्छ। त्यतिमात्र होईन, देशको प्रतिनिधित्व गर्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका विभिन्न फोरमहरुमा गरेका सम्बोधनहरुमा देखिएको निखारता डा. राजन भट्टराई कै महत्वपूर्ण योगदान हुनुपर्छ।

राज्यको माथिल्लो जिम्मेवारीमा रहँदा विवादरहित बनेका डा. राजन भट्टराई नेकपा एमालेभित्रकै निष्कलंक नेताको छवी बनाउन सफल भएका छन्। जसको कारण ईमानको राजनीतिमा विश्वास गर्ने युवाहरुका लागि उनी आईडल व्यक्ति समेत हुन्। तोकेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने भट्टराई, आर्थिक उपार्जनलाई राजनीतिको माध्यम बनाउनेहरुका लागि समेत दरिलो झापड हुन्।

यो पनि पढ्नुहोस्

डा. राजन भट्टराईको चुनावी गीत ‘भोट फर राजन भट्टराई’ सार्वजनिक (भिडियोसहित)

‘गुमेको भू–भाग समेटेर चुच्चे नक्सा जारी गर्नु एमाले सरकारको ऐतिहासिक उपलब्धी’ : डा. राजन भट्टराई (फोटो फिचर)

काठमाडौं ४ मा डा. राजन भट्टराई सर्वसम्मत भएसँगै काँग्रेसको आशा निराशामा परिणत

‘समाज रुपान्तरणको अभ्यासमा ‘म’ नभएर ‘हामी’ भन्ने मान्यता चाहिन्छ’ : डा. राजन भट्टराई

‘पानी सहितको धारा’ घर–घर पुर्‍याउने डा. राजन भट्टराईको बाचा पुरा हुँदै

डा. राजन भट्टराईलाई हस्पिटलको बेडमा हुँदा पनि विकासकै चिन्ता

प्रतिक्रिया दिनुहोस्