काठमाडौं ४ मा डा. राजन भट्टराई सर्वसम्मत भएसँगै काँग्रेसको आशा निराशामा परिणत



काठमाडौं ४ मा एमालेका तर्फबाट डा. राजन भट्टराई सर्वसम्मत भएसँगै काँग्रेसको आशा निराशामा परिणत

काठमाडौं । आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराई सर्वसम्मत भएसँगै नेपाली काँग्रेसका महामन्त्री एवम् संघीय सांसद गगन थापाबिचको भिडन्त पक्कापक्की भएको छ ।

महामन्त्री थापाले भदौ १४ गते (हिजो) नेपाली काँग्रेस कास्कीका सचिव भानु ढकाल मार्फत कास्की जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ (हस्ते) मनोनयन दरखास्त दिएका छन् । तर उनले यसको खण्डन गर्दै आफूले क्षेत्र नं. ४ बाटै चुनाव लड्ने उद्घोष गरेतापनि सर्वसम्मत भएका छैनन् ।

सचिवालय नै गठन गरी निर्वाचन मिति घोषणा हुनुभन्दा अघिदेखि नै सामाजिक संजाल तथा सार्वजनिक कार्यक्रमहरुमा महामन्त्री थापाले आफू भावी प्रधानमन्त्रीको दावेदार रहेको हावादारी हल्ला फैलाउँदै हिडेका छन् । काठमाडौं क्षेत्र नं ४ को नतिजामा नै प्रभाव पार्न सक्ने मतसंख्या रहेको कपन क्षेत्रमा नेपाली काँग्रेसले महिना दिन अघिदेखि नै अघोषित रुपमा प्रचारप्रसार सुरु गरेको छ । कपन क्षेत्रमा रहेको एक स्थानीय अनलाईन मार्फत थापाले प्रचारप्रसार टिम नै खडा गरी डा. राजन भट्टराईको बारेमा भ्रामक समाचारहरु सम्प्रेषण गरिहेको छ ।

उक्त अनलाईनले सुनियोजित रुपमै ‘क्षेत्र नं ४ मा उषाकिरणको हल्ला ११ एमालेलाइ गगन थापासँग बढ्दो डर कि, राजन भट्टराइसँग घट्दो भर ?, एमालेबाट काठमाडौँ क्षेत्र नं ४(२) प्रदेश टिकट ध्रुवप्रसाद घिमिरेले पाउने निश्चित !, गगन थापाको चुनावी क्षेत्रमा नेकपा (भट्टराइवादी) बलियो बन्दै, डा. राजन भट्टराइकै कारण अप्ठेरोमा एमाले !, नगरपालिकाको बजेटबाट दर खुवाउँदै राजन भट्टराइको चुनावी प्रचार गर्दैछ बुढानिलकण्ठ !, चुनौती नै चुनौतीको घेराभित्र राजन भट्टराई, प्रत्यक्ष चुनाव लड्ने कि समानुपातिकमा बस्ने ? जस्ता शिर्षकहरुमा समाचार सम्प्रेषण गरी नेकपा एमालेका पार्टी कार्यकर्ताहरुमा भ्रम सिर्जना गरिरहेका छ ।

अझ भदौ १२ गतेका दिन ‘कपन डुबानको दीर्घकालीन समस्या समाधानका लागि विशेष आयोजना आउँदै’ भन्ने उदेगलाग्दो र हास्यास्पद समाचारप्रति कपन अनलाईनले प्रतिवाद नै गरेको देखिन्छ ।

हरेक हिउँद र पानी नपर्ने समयमा कपनको डुवान क्षेत्रमा आएर फोटो सेसन गर्दै करिव १४ वर्ष बिताएका संविधान र प्रतिनिधि सभा सदस्य र ५ वर्ष बिताएका प्रदेस सभा सदस्यको संयुक्त गठबन्धन सरकारको पहलमा ल्याउन लागिएको ‘धोवीखोला कोरिडोर र कपन डुवान समस्या समाधान परियोजना’ आसन्न निर्वाचन केन्द्रित राजनीतिक फन्डाका रुपमा चित्रित गर्न थालिएको उक्त अनलाईनले जनाएको छ । बूढानीलकण्ठ १२ टेलिकम नजिक बाढीको वितण्डा खेपेकी एक स्थानीयले भोट तान्ने दुसित मनासायले नयाँ नाटक मन्चन गर्नु उचित नभएको बताउँदै यस्ता मुद्दा र नारा लिएर कोहि डुवान क्षेत्रमा आए प्रतिकारमा उत्रिने चेतावनी समेत दिएकी छिन् ।

कमजोर मानसिकताका साथ चुनावी मैदानमा उत्रिदै गरेका बूढानीकण्ठका काँग्रसीहरुलाई डा. राजन भट्टराईको सर्वसम्मत उम्मेद्वारीले बेचैनी पैदा गरेको छ । पछिल्लो समय आफ्नो निर्वाचन क्षेत्रमा क्रियाशील रही विकास निर्माणमा प्रत्यक्ष जोडिएका डा. राजन भट्टराईको सक्रियताले काठमाडौं क्षेत्र नंं ४ मा गगन थापालाई आगामी मंसीर ४ को निर्वाचन फलामो चिउरा चपाएसरी हुने देखिन्छ ।

काठमाडौं क्षेत्र नं. ४ (२)मा पार्टी संगठन र जनमतमा समेत लोकप्रिय रहेको नेकपा एमालेका तर्फबाट डा. राजन भट्टराई सर्वसम्मत भएसँगै बूढानीलकण्ठका काँग्रेसीहरुमा आशाभन्दा निराशा बढी पलाएको देखिन्छ ।

यो पनि पढ्नुहोस्

‘समाज रुपान्तरणको अभ्यासमा ‘म’ नभएर ‘हामी’ भन्ने मान्यता चाहिन्छ’ : डा. राजन भट्टराई

वडागत छलफलपछि गगन थापा निराश, डा. राजन भट्टराई र बासुदेव गौतमबिच प्रतिस्पर्धाको संकेत

काठमाडौं-४ मा काम गर्ने डा. राजन भट्टराई र स्खलित गगन थापाबीचको चुनावी प्रतिष्पर्धा

‘पशुपति क्षेत्रको गुरुयोजना लागू हुन दिन्नौं’ : डा. राजन भट्टराई

‘पानी सहितको धारा’ घर–घर पुर्‍याउने डा. राजन भट्टराईको बाचा पुरा हुँदै

डा. राजन भट्टराईलाई हस्पिटलको बेडमा हुँदा पनि विकासकै चिन्ता

नेकपा एसका दर्जनौं नेता, कार्यकर्ता एमालेमा प्रवेश (फोटो फिचर)

प्रतिक्रिया दिनुहोस्