‘समाज रुपान्तरणको अभ्यासमा ‘म’ नभएर ‘हामी’ भन्ने मान्यता चाहिन्छ’ : डा. राजन भट्टराई



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकासँगको सहकार्यमा ‘वी लभ यु फाउन्डेशन’द्वारा शुरु गरिएको ‘बृहत सरसफाई अभियान’ मा कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् परराष्ट्रविद् डा. राजन भट्टराईले समाज रुपान्तरणको अभ्यासमा ‘म’ नभएर ‘हामी’ भन्ने मान्यताका साथ अघि बढ्नुपर्ने बताए ।

बढ्दो शहरीकरण र औद्योगिकरणले पृथ्वीको दीगोपनालाई कमजोर बनाउनुका साथै वातावरणीय प्रभाव समेत बढ्दै गएकोले कम्तीमा ६ महिना धोवीखोला सरसफाई अभियान संचालन गरेर बूढानीलकण्ठमा नमूना कार्य गर्न सकिने जानकारी गराए । उक्त कार्यका लागि फाउन्डेशनसँग सहकार्य गर्न समेत आफू तयार रहेको बताए ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, बिभिन्न वडाका वडाध्यक्षहरु, राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटी, पूर्व कार्यपालिका सदस्य एबम नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य संगम गहतराज, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं. ४ का संयोजक विदुर विक्रम खड्का, नेकपा एमाले बूढानीलकण्ठ नगर अध्यक्ष प्रदिप डंगोल, सचिव श्रीकृष्ण श्रेष्ठ लगायत समाजसेवी, पत्रकार, स्थानीय र हजारांै युवायुवतीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी, फाउण्डेशनका अध्यक्ष शोभाकर घिमिरे तथा कार्यक्रम संयोजक रघु थापाले आफ्नो धारणा राखेका थिए ।

धोविखोला किनारमा शुरुवात गरिएको ‘बृहत सरसफाई अभियान’ बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ चुनिखेलस्थित जनउद्धार माविबाट सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्