डा. राजन भट्टराईको चुनावी गीत ‘भोट फर राजन भट्टराई’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३० का स्थानीय युवाहरु अमृतराज वैद्य र दिपेश वैद्यले संयुक्त रुपमा काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा उम्मेद्वार  डा. राजन भट्टराईको चुनावी गीत ‘भोट फर राजन भट्टराई’ सार्वजनिक गरेका छन् ।

अमृतराज वैद्य र दिपेश वैद्यको शब्द, संगीत, लेखन रहेको गीतको एरेन्ज एनडीवाई रे ले गरेका हुन् भने मिक्सिङ मास्टरिङ अशोक महर्जनले गरेका हुन् । गीतको सम्पादन र सर्वाधिकार परिवर्तन खबरको रहेको छ ।

६ महिना अगाडि विवेकशील साझा पार्टीबाट समृद्ध नेपालको अभियान पूरा नहुने देखेपछि पार्टीको मुख्य अभियानमा निकै नै योगदान पुर्याएका दुवै युवाहरुले विवेशील परित्याग गरी नेकपा एमाले रोजेका थिए ।

समाजसेवासँगै राजनीतिमा रमाउने काठमाडौंका यी रैथाने युवाहरु अहिले नेकपा एमाले काठमाडौं क्षेत्र नं. ४ को सूचना तथा प्रविधि समन्वय कमिटीको सदस्य समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्