‘पानी सहितको धारा’ घर–घर पुर्‍याउने डा. राजन भट्टराईको बाचा पुरा हुँदै



०१ असार २०७७, काठमाडौं

रिङ्गरोड भित्र सिमित मेलम्ची खानेपानी आयोजनालाई कपन क्षेत्रमा समेट्न सफल डा. राजन भट्टराईको ‘पानी सहितको धारा’ घर–घर पुर्‍याउने बाचा पुरा हुने भएको छ ।

आजको राष्ट्रिय दैनिकमा पाइपलाइन विस्तार तथा अन्य पूर्वाधारको लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडद्वारा योग्यता पुगेका इच्छुक कम्पनीसँग  टेन्डर आव्हान गरेको छ । जसमा बूढानीलकण्ठ नगरपालिका वडा नं ८ र ९ को मण्डिखाटार क्षेत्र र काठमाडौं महानगरपालिका वडा नं. ६ सहितका रिङ्गरोड बाहिर मेलम्ची खानेपानी आयोजनाको विस्तारका लागि टेन्डर आव्हान गरिएको छ ।

यसअघि डा. भट्टराईकै पहलमा टेण्डर आव्हान भई ठेकेदार छनौट भईसकेको परियोजनामा बूढानीलकण्ठ नगरपालिका कपन क्षेत्रका विभिन्न वडाहरुमा पाइपलाइन विस्तारको काम भईरहेको छ ।

डा .भट्टराईले निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार  खानेपानी समस्या समाधानका लागि बूनपा भित्र छुटेका वडा नं ८,९,१०,११,१२,र १३ को तल्लो भागमा मेलम्ची खानेपानी आयोजनाको विस्तार हुने पक्का भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आव्हान गरेको नयाँ टेन्डर :

यो पनि पढ्नुहोस्

डा. राजन भट्टराईको पहलमा कपनवासीलाई सवा २ अर्वको खानेपानी परियोजना (भिडियो सहित)

डा. राजन भट्टराईको सपना साकार हुँदै

प्रतिक्रिया दिनुहोस्