डा. राजन भट्टराईलाई हस्पिटलको बेडमा हुँदा पनि विकासकै चिन्ता



०३ बैशाख २०७७, काठमाडौं

नेकपा केन्द्रिय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईलाई चैत्र २९ गते विहान ७.३० बजे मुटुमा सामान्य समस्या भएपछी शहीद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भर्ना गरियो । मुटुका दुई वटा भल्भमा ब्लकेज भएकोले सामान्य अपरेशनपछि उहाँको अवस्था अहिले सामान्य बन्दै गएको छ । उपचारमा संलग्न डाक्टरका अनुसार अब एक दुई दिनमै उहाँलाई डिस्चार्ज गरिन्छ भने डा. भट्टराईले केहि हप्ता घरमै आराम गर्नुपर्ने हुन्छ ।

अपरेशनपछि डा. भट्टराईको अवस्था सामान्य बन्यो त्यहि दिनको बेलुकादेखि करिब आधा दर्जन वहालवाला मन्त्रीहरुले सिसियु कक्षमै भेटघाट गर्नुभयो । अरु पार्टी  कार्यकर्ताहरुले सामान्य वार्डमा सारेपछि २ दिनपछि भेट्न पाउने व्यवस्था गरियो । त्यहि मेसोमा डा. भट्टराईलाई भेटी करिब आधाघण्टा गफिने संयोग मलाई पनि जुर्‍यो ।

एक्लै भेटघाट हुने संयोग र डा. भट्टराईको अवस्था सामान्य हुँदै गएकोले केहि समय खुलेर कुराकानी गरियो । कुराकानीको क्रममा सनसिटी अपार्टमेन्टमा फैलिएको कोरोना संक्रमणले काठमाडौं उपत्यकालाई पार्न सक्ने असर र नागरिकले अपनाउनुपर्ने सावधानीको विषयमा पनि कुरा चल्यो । गफगाफकै क्रममा डा. भट्टराईले सोध्नु भो,“ध्रुवजी ! आनीगुम्बाको काम के हुँदै छ ? कोरोनाको समस्या नभएको भए अहिले निकै राम्ररी काम अघि बढ्ने थियो भन्ने सुनेको छु । बाटो र पानीको समस्याले पार्ने असर भन्दा आनिगुम्बाको कामले गति लिएन भने आउँदो वर्षाले निकै वितण्ड मच्चाउने छ । यो वर्षपनि कपनवासीले दुःख पाउने जस्तो देखिन्छ । होईन ?

मैले एकै वाक्यमा जवाफ दिएँ–हो कमरेड । बरु मिल्छ भने त्यहिँ बस्ने मजदुरहरुलाई परिचालन गरेर काम अगाडि बढाउन पाए हुन्थ्यो होला नि ? उनीहरुको पनि त जीवन रक्षाको कुरा हुन्छ । फेरि कसैलाई केहि भयो भने सरकारी नियम मिचेर यस्तो गर्‍यो भन्ने गलत हल्ला फैलिन सक्छ । अहिलेको अवस्थामा केहि समय पर्खनु नै राम्रो होला । मसँग कुनै जवाफ थिएन । अरु विषयमा केहि समय कुरा गरेर म अस्पताल परिसरबाट बाहिरिएँ ।

बाटोमा आउँदा मनभरी कुरा खेल्यो । नेता हुनपनि गाह्रो छ । काम लगाउँ श्रमिकलाई केहि भयो भने आफैलाई दोष आउने । लकडाउन लम्बियो भने असार सम्ममा कुनै काम अघि नबढेर कपनवासीले यो वर्ष पनि डुबान खेप्नुपर्ने । निर्माणाधीन परियोजनालाई अलि व्यवस्थित गर्न नसक्ने हो भने त्यसले निम्त्याउने आर्थिक र मानवीय क्षतिको आंकलन गर्नै नसकिने हुनसक्छ ।

नेपाली नयाँ वर्ष २०७७ विगतमा जस्तो हर्षाेल्लासमा शुरु हुन सकेन । नेपाल लगायत भारतमा बढ्दो कोरोना संक्रमितको संख्याले लकडाउन र हाम्रो दैनिकी अझ कष्टकर बन्ने देखिन्छ । करिब २ दशकपछि गति लिएको विकास निर्माणमा आउने अवरोध त छदैँछ। अर्काेतिर निर्माणाधीन परियोजना सम्पन्न हुन नसक्दा त्यसले पार्नसक्ने दुष्प्रभावहरु अझ दुःखदायी हुने देखिन्छन् । प्रकृति र मानव बीचको यो लडाईले मानव जीवनलाई नै धक्का दिँदा विश्व अर्थव्यवस्था र हाम्रो जीवनमा समेत निकै असर पार्ने देखिन्छ । त्यसैले अहिलेको महामारीबाट जोगिनको लागि सरकारद्वारा जारी लकडाउनको पालना गर्नुभन्दा कुनै अन्य विकल्प हामीबीच देखिदैन । त्यसैले घरमै बसौँ । लकडाउनको पूर्ण पालना गरौँ ।

यो पनि पढ्नुहोस् : 

डा. भट्टराई गंगालाल भर्ना : स्वास्थ्य अवस्था सामान्य बन्दै

प्रतिक्रिया दिनुहोस्