‘गुमेको भू–भाग समेटेर चुच्चे नक्सा जारी गर्नु एमाले सरकारको ऐतिहासिक उपलब्धी’ : डा. राजन भट्टराई (फोटो फिचर)



काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको प्रमुख बडा दशैंको अवसरमा नेकपा एमाले काठमाडौं महानगर वडा नं. ७ ले आयोजना गरेको कार्यक्रममा बर्षाैंदेखि गुमेको भू–भाग समेटेर नेपालको चुच्चे नक्सा जारी गर्नु एमाले सरकारको ऐतिहासिक उपलब्धी भएको बताए ।

बडा दशैंको अवसर पारी आयोजना गरिएको शुभकामना तथा चियापान कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार समेत रहेका डा. भट्टराईले पार्टी भित्र र बाहिरको चलखेलले पूर्ण गतिमा काम गर्न नसकेपनि ४१ महिने सरकारले विकासको आधारशिला तयार गर्दै देशको आर्थिक बृद्धिदरको ऐतिहासिक रेकर्ड कायम गरेको बताए ।

निवर्तमान ओली सरकारलाई तात्कालिन आफ्नै पार्टीभित्र नेताहरुले घेराबन्दी गरी काम गर्न नदिएको अवस्थामा समेत विपक्षी दल र विदेशी शक्तिहरुको योजनामा आफूहरुलाई सरकारबाट हटाईएको दावी गरे ।

आजै नेकपा एमाले गोपीकृष्ण नगर टोल कमिटीद्वारा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा समेत डा. भट्टराईले समसामयिक राजनीतिमा एमालेले पुर्याएको योगदानको चर्चा गर्दै आगामी निर्वाचनमा नेकपा एमाललेलाई जिताउन आव्हान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्