२०२१ को दिवालीमा प्रदर्शनमा आउँदै सलमानको ‘किक २’



०५ माघ २०७६, काठमाडौँ

सलमान खान बलिउडका यस्ता अभिनेता हुन् जसका अधिकांश चलचित्र सफल हुने गरेका छन् । हुन त सलमानको फ्यान फलोइङ नै लोभलाग्दो रहेको छ । जसका कारण उनको चलचित्र त्यति सफल हुदैँनन् ।

केही बर्षदेखि सलमानका चलचित्र लगातार इदमा रिलिज भैरहेका छन् । यसबर्षको इदमा पनि सलमानको राधे चलचित्र प्रदर्शनमा आउँदै छ ।

यस्तै अर्को इदका लागि उनले चलचित्र कभी इद कभी दिवाली तयार गर्ने भएका छन् । यसैबिच लामो समयदेखि बन्ने भनिएको चलचित्र किक २ को रिलिज डेट पनि घोषणा गरिएको छ ।

किक २ को यतिबेला स्क्रिप्टको काम भैरहेको छ । यो चलचित्र २०२१ को दिवालीमा प्रदर्शनमा आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्