काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले १० औं स्थापना दिवस शुक्रबार भव्यरुपमा मनाउँदै छ ।
२०७१ सालमा नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना भए पनि नेपाली कांग्रेसले २०७९ साउनमा भ्रातृ संस्थाको मान्यता दिएको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा काठमाडौंको चुच्चेपाटीस्थित स्मार्ट पार्टी प्यालेसमा हुने कार्यक्रममा नेपाली कांग्रेसका पदाधिकारी, केन्द्रीय सदस्य, भ्रातृ तथा सुभेच्छुक संस्थाको नेतृत्व तहमा रहेकाहरुको पनि उपस्थिति रहने छ ।
स्थापना दिवसका अवसरमा बृहत रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको कार्यक्रम संयोजक तथा नेपाल लोकतान्त्रिक खेलकुद संघका महासचिव दीपक गुरुङले जानकारी दिए ।