राष्ट्रपतिसमक्ष अख्तियारको प्रतिवेदन पेश



२८ पुस २०७६, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७/७६ को वार्षिक प्रतिवेदन पेश गरेको छ।

राष्ट्रपति भवन शितल निवासमा सोमबार आयोजित समारोहमा प्रमुख आयुक्त नवीकुमार घिमिरेले सो प्रतिवेदन पेश गरेका हुन्।

नेपालको संविधानको धारा २९४ बमोजिम आयोगले आफ्नो प्रतिवेदन पेश गरेको हो।

प्रतिक्रिया दिनुहोस्