एमाले सांसद ढकालविरुद्ध परेको रिट दर्ता गर्न अस्विकार



काठमाडौं । नेकपा एमालेका सांसद एकनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ता गर्न अदालतले अस्वीकार गरेको छ ।

अधिवक्ता मनिषा गौतमले दायर गरेको रिटमा असाधारण अधिकारक्षेत्र अन्तर्गत प्रक्रिया पूरा नभएको भन्दै दरपीठ गरिएको सर्वोच्च अदालतका रजिष्ट्रारले जनाएका छन् ।

नेकपा एमालेको सदस्य नै नरहेको अवस्थामा परिवार दलका अध्यक्ष ढकाल एमालेको सांसद बनेको भन्दै उनको पद खारेजीका लागि उत्प्रेषण परामादेश माग गर्दै गौतमले रिट दायर गरेकी थिइन् ।

यो प्रकरणमा अदालतको असाधारण अधिकारक्षेत्र अन्तरर्गत आउँदा निवेदकको कुन हक अधिकार के कसरी हनन हुन गएको हो प्रष्ट खुलाउनुपर्नेमा निवेदनमा सो कुरा उल्लेख नभएको भन्दै अदालतले रिट निवेदन दरपीठ गरिदिएको हो ।

निवेदनमा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४० ९२० को घ तथा नियम ४१ समेतको प्रक्रिया पूरा नभएको अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्