बन्द भएको ३३ वर्षपछि सांसद जीवनराम श्रेष्ठको पहलमा धिमेल्वहँ टोलमा गथांमुगः पर्व जात्रा



१२ साउन २०७६, काठमाडौं

काठमाडौं महानगरपालिका वडा नं. १५ मा रहेको धिमेल्वहँ टोलमा प्राचीन समय देखि मनाईदै आएको गथांमुगः पर्व बन्द भएको ३३ वर्ष पछि पुन शुरु हुने भएको छ ।

काठमाडौं क्षेत्र नं. ८ का प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठको पहलमा सो स्थानमा रहेको संयुक्त क्लबको बैठक बसेर सो निर्णय गरिएको थियो ।

लिच्छविकालिन समयदेखि मनाइदै आइएको सो पर्वमा स्थानीय टोल र डल्लु चौतारा टोलविच विवाद र झडप जस्ता अप्रिय घटना भएसँगै रोकिएको थियो ।

त्यसयता डल्लु चौतारामा पर्व मनाइदै आए पनि धिमेल्वहँ टोलको पर्व भने बन्द रहेको थियो ।

धिमेल्वहँ टोललाई केटापक्ष र डल्लु चौतारा टोललाई केटीपक्ष मानेर पर्व मनाउँदै आएका स्थानीयहरु आफ्नो मौलिक पहिचान देखाउने अवसर पुन प्राप्त गर्दा निकै खुशी बनेको संयुक्त क्लबका एक पदाधिकारीले बताए ।

विगतमा जस्तो अप्रिय अवस्था आउन नदिन र जात्रालाई सुचारु गर्नका लागि सांसद श्रेष्ठले आफू स्वयमले प्रत्यक्ष निरीक्षण गर्ने छलफलमा बताएका थिए ।

सो क्षेत्रका सबै पर्व, जात्रा र सम्पदा पहिचान र गौरवसँग जोडिएका कारण तिनको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउँदै सांसद श्रेष्ठले नेवारी संस्कृतीलाई उपत्यकाको पहिचानसँग जोडने अभियान संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।

धिमेल्वहँ टोलको सो जात्रालाई २०७६ साल देखि माननीय जीवन राम श्रेष्ठको नेतृत्वमा यस विश्व सम्पदा हनुमान ढोका देखि विश्व सम्पदा स्वयम्भुको पदयात्रामा धिमेल्वहँबाट डल्लु पुलसम्म लाने कार्यक्रम रहेको छ ।

संयुक्त क्लवका महासचिव निरज श्रेष्ठले गथांमुगः पर्वलाई बचाउन र युवाहरुलाई जागरुक गर्न यस क्लवले पहल गर्ने बताए ।

किवदन्तीहरुका अनुसार १२ औं शताब्दीमा एउटा राक्षसले मानवबस्ती खोज्दै हिड्ने क्रममा एउटा भ्यागुतासँग संवाद हुदाँ भ्यागुताले मानवबस्ती विनाश गर्न हुदैन भन्दै राक्षसलाई हिलोको खाल्डोमा खसालेर मानवहरुलाई बोलाएर त्यो राक्षसलाई समाप्त गराएका थिए ।

यस राक्षसको नाम घण्टाकर्ण भनेर किंवदन्तीहरुमा पाईन्छ । घण्ठाकर्णलाई महादेवले आफनो मासु खाने वरदान दिएको थिए त्यही घण्टाकर्णले आप्mनो सबै शरिर खाएर टाउको मात्र बाँकी राखेको किंवदन्तीमा रहेको छ ।

घण्टाकर्णलाई महादेवको रुपमा पनि चिनिने गरिएको छ र अविवाहित महिलाले यसलाई पुजाआज गर्ने र मान्दै आएको किवंदन्तीमा रहेको छ ।

घण्टाकर्ण नामकरण ईन्द्र भगवानको कुरा सुन्न मन नलाग्ने भएकाले यस राक्षसले कानमा ठूलो घण्टी लगाउने गरेकोले यसको घण्टाकर्ण हुन गएको मान्यता छ ।

नेवार समुदायमा छोरीहरुको चाड भनेर सिटी नखः चिन्निछ भने यस गथांमुगः पर्वलाई छोराहरुको चार्ड भनेर चिन्निछ । यो पर्व रोपाईपछिको नेवारहरुको पहिलो चाड र यो लगतै अरु चाडपर्वहरु शुरु हुदै आएको छ । यो जानकारीहरु क्लवको सल्लहाकार ज्ञानेन्द्र रत्न बज्राचार्याबाट प्राप्त भएको हो ।

प्रतिक्रिया दिनुहोस्