बूढानीलकण्ठ खेलकुद महोत्सव वडाव्यापी फुटबल प्रतियोगिता आजबाट सुरु



काठमाडौं । “स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर बूढानीलकण्ठ मूल नारा सहित अघि बहिरहेको बूढानीलकण्ठ नगरपालिका र बूढानीलकण्ठ खेलकुद विकास बोर्डद्वारा “स्वच्छ खेलकुद हाम्रो संकल्प, स्वास्थ रहने राम्रो विकल्प नारा सहित प्रथम बूढानीलकण्ठ नगर शिल्ड खेलकुद महोत्सव २०८१ औपचारिक रुपमा मिति २०८१ वैशाख १९ देखि २२ गतेसम्म संचालन हुँदैछ ।

खेलकुद महोत्सवमा समेटिएका कराते, तेक्वान्दो, मोई थाई, कुङ्ग–फु.बास्केटबल, फुटवल, व्याटमिन्टन र म्याराथन गरी ९ खेल मध्य फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।

नगरपालिकाका १३ वटैवडाका फुटबल समुहले भाग लिएको प्रतियोगिताको नकआउट चरण आजबाट सुरु भएको हो । प्रतियोगिताको आज खेलकुद संयोजक सुमन तामाङद्वारा उद्घाटन भएको थियो ।

आज संचालन भएका ४ वटा खेल मध्य वडा नं ०१ र ०६ ले पहिलो खेल खेलेको थियो । जसमा गोल १-१ को बराबरीमा रोकियो र टाई ब्रेकर पेनाल्टि सुटआउटमा वडा नं ०१ ले ०६ लाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

यस्तै वडा नं ०४ र वडा नं ०२ बिच भएको प्रतिस्पर्धामा वडा नं ०४ ले ०२ लाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गर्यो ।

वडा नं ०३ र वडा नं १३ विच भएको तेस्रो खेल गोलरहित ०-० को अवस्थामा टाई ब्रेकर पेनाल्टि सुटआउबाट वडा नं ०३ विजयी हुन सफल भयो ।

साथै पहिलो दिन को अन्तिम खेल वडा नं ०९ र वडा नं ०८ विच वडा नं ०९ ले ३-० को फराकिलो गोलअन्तरबाट वडा नं. ०८ लाई पराजित गरेको थियो ।

महोत्सवमा फुटबल प्रतियोगिता २२ गते सम्म सञ्चालन हुने आयोजकले जनाएका छन् । भोलि १९ गते भने महोत्सवको उद्घाटन रहेकाले फुटबल खेल स्थगित गरिएको जानकारी प्राप्त भएको छ ।

महोत्सवको भोलि १९ गते औपचारीक उद्घाटन नगरपालिका प्राङ्गणमा भए पश्चात नगर परिक्रमा हुने च्यगतभ को म्याराथन दौड हुने छ । त्यस पश्चात बुढानीलकण्ठ स्कुलको चौरमा सम्पुर्ण विधाका खेलहरू क्रमश सञ्चालन गरिने आयोजक समिति अध्यक्ष एवं खेलकुद संयोजक सुमन तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्