केपी शर्मा ओलीबाट बूढानीलकण्ठ नगर अस्पतालको समुद्घाटन हुँदै



काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित नगर अस्पतालको समुद्घाटन हुने भएको छ ।

नव वर्ष २०८१ बैशाख १ गतेको अवसर पारी ‘बुढानीलकण्ठ नगर अस्पताल’ को समुद्घाटन तथा ‘नयाँवर्ष २०८१ को शुभकामना आदानप्रदान’ कार्यक्रम हुने भएकाले समस्त नगरवासीहरुलाई बूढानीलकण्ठ नगरपालिकाले कार्यक्रममा उपस्थितिको लागि आमन्त्रण समेत गरेको छ ।

नगर अस्पतालबाट हालका लागि ओपिडि सेवा सुरु हुनेछ भने करिव १५ शैयासम्मको सेवा तयारीकै क्रममा रहेको र अन्य सेवको सुरुवात समेत चाँढै नै गरिने जानकारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्