जलजला परियारको मार्मिक गीत सार्वजनिक



२८ असोज २०७५, काठमाडौँ

पहिले पहिले नेपाल टेलभिजनबाट प्रशारण हुने चर्चित गायन रियालिटी शो नेपाली तारामा गएर चर्चा कमाउन सफल प्रतिस्पर्धी जलजला परियार केहिसमय अघि दुवै मृगौला खराब भएका कारण काठमाडौँ शिक्षण अस्पतालमा उपचार गराईरहेकी थिइन् । उनको आर्थिक स्थिति कमजोर भएका कारण उनले आफ्नो उपचारका लागि सबैसँग सहयोग मागेकी पनि थिइन् । नभन्दै सबैको सहयोगका कारण जलजला परियार मृत्युको मुखबाट फर्किएकी छिन् ।

केहिसमय अघि उपचारको लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उनको सफल मृगौला प्रत्यारोपण गरिएको हो । उनलाई उनकी आफ्नै आमाले मृगौला दिएर बचाएकी हुन् । अपरेशनपछि हाल आमा छोरी दुवैको स्वास्थ्य स्थिति राम्रो भएको छ । जलजलाको सफल उपचारका लागि नेपालबाट मात्र नभएर विदेशबाट पनि उनलाई थुप्रै सहयोग आएको थियो । मृत्युको मुखमा पुगेकी जलजलालाई आज सबैले सहयोग गरेर नयाँ जीवन दिएका छन् । उपचारपछि आफूलाई यति धेरै सहयोग गरेर बचाईदिनु हुने ३ करोड नेपाली जनता र विदेशबाट सहयोग गर्नु हुने सम्पूर्णलाई जलजलाले निकै भावुक हुदैँ धन्यवाद दिइन् ।

हालैमात्र जलजला परियारले गाएको गीत सार्वजनिक भएको छ । अगम गुरुङको शब्द र महेन्द्र राईको संगीत रहेको आज फेरि बोलको गीतमा जलजला परियारको आवाज रहेको छ  । निकै मार्मिक शैलीको गीत जलजलाको वास्तविक जीवनसँग मिल्दो छ । उनले आफ्नो सफल उपचारपछि सबैलाई सम्झिदैँ यो गीत गाएकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्