कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको छ ।

कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख.२०२७ नं.को यात्रुबाहक कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानी पोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए ।

उनका अनुसार बस दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्