एकअर्काको तारिफ गरेर थाकेनन् सलमान र शाहरुख



२१ भदौ २०७५, काठमाडौँ

सलमान खान र शाहरुख खान दुवै बलिउडका अत्याधिक सफल र महंगा अभिनेता हुन् । यी दुवैको नामै चलचित्र चल्न काफी हुन्छ । दुवै जना उमेरले बुढा भैसकेका भएपनि यिनीहरुलाई देखेपछि युवतीहरु मरिहत्ते गर्छन् ।

कुनै समयमा एकअर्काको मुख समेत हेर्न नचाहने सलमान र शाहरुखको आजकल निकै दोस्ती बढेको देखिन्छ । निकै लामो समयपछि यी दुई एकअर्कासँग बोल्न थालेका हुन् । हालैमात्र सलमानले शाहरुखलाई आफ्नो एक शो मा बोलाएका थिए । सलमानले बोलाएपछि शाहरुखले कत्तिपनि ठिलो नगरी सलमानको शो मा गए ।

सलमान र शाहरुख एकअर्कासँग भे्टदा एकअर्काको तारिफ गरेर कत्तिपनि थाकेनन् । शाहरुखले सलमान आफ्नो निकै नजिकको साथी भएको र आफूलाई सलमानको परिवारले निकै सहयोग गरेको बताए । उनले आफू सलमानको घरमा धेरैपटक गएको र सलमानको घरको खाना पनि खाएको बताए । सलमान र शाहरुखले उनीहरुको सम्बन्ध साथीको मात्र नभएर दाजुभाईको जस्तो रहेको बताए । उक्त शो मा सलमानले रानी मुखर्जीलाई पनि बोलाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्