टेक्नोलोजी एक्सिलेन्स अवार्डद्वारा डा.सुमन थपलिया सम्मानित



काठमाडौँ । ड्यामसोल टेक्नोलोजीद्वारा आयोजित टेक्नोलोजी एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाल, भारत, बङ्गलादेश, भुटान र अस्ट्रेलियाका आफ्ना क्षेत्रमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

नेपालबाट साइबर सेक्युरिटी एक्याडेमिमा उल्लेखनीय योगदान प्रदान गरेका डा.सुमन थपलियालाई ड्यामसोल टेक्नोलोजीद्वारा टेक्नोलोजी एक्सिलेन्सी अवार्डले सम्मान गरिएको हो ।

विगत ८ वर्षदेखि नेपालको साइबर सेक्यिुरीटि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका डा.थपलियालाई उक्त अवार्डले सम्मान गरिएको हो । कार्यक्रममा म्युजिक आन्ट्रपेन्र्युर, एक्याडेमिया, सोसियल अफ्यर लगायत विभिन्न विधामा अन्य व्यत्तित्वहरुलाई सम्मान गरिएको थियो ।

पूर्व राष्ट्रपति डा.रामवरण यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश तिम्सिना, पूर्व उपप्रधानमन्त्री सुजता कोइराला लगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अतिथि सांसद सुजाता कोइरालाको हातबाट अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्