इलाममा एमालेको अग्रता कायम, काँग्रेस दोस्रो



इलाम । इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रता बढाइरहेका छन् ।

अहिलेसम्म नेम्वाङले १० हजार ४१९ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार ६२ मत पाएका छन् । उनीहरूबीचको मतान्तर ३ हजार ३५७ रहेको छ ।

यस्तै, पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ५ हजार ७६१ मतसहित तेस्रो स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्