रुदै राजीनामा दिएका कानून मन्त्रीको आँशुले कम्युनिष्ट सरकार नबगोस्



तामाङको राजीनामाले समाजमा पक्कै पनि सकारात्मक सन्देश जानेछ । पदमा पुगेर बोलीमा ध्यान दिन सकिएन भने आफू धरापमा परिन्छ भन्ने चेत आएको हुनुपर्छ । बोली र व्यवहारका कारणले विवादित भएका अन्य मन्त्रीहरुको राजीनामा आउनुपर्छ, यसतर्फ सिंगो पार्टी र प्रधानमन्त्रीले ध्यान दिने कि ?

०८ साउन २०७५, काठमाडौं

गरिव तामाङ परिवारमा जन्मिएर आफ्नो सम्पूर्ण जीवन सामाजिक न्याय र रुपान्तरणको क्षेत्रमा समर्पित गरेको एउटा निष्कलंक, जनपक्षीय नेताले मन्त्री पदबाट आज रुदै राजीनामा दिएका छन् ।

केपी ओली सरकारका सबैभन्दा निष्कलंक र परिणाममुखी काम गरेका मन्त्रीले नैतिकताको आधारमा दिएको राजीनामाले आफ्नो बोली भन्दापनि त्यसलाई आधार मानेर न्यायालय भित्रको पारदर्शिता नचाहनेहरुले चलखेल गरेकोमा उनको गुनासो थियो ।

नेपाल कम्युनिष्ट पार्टी भित्र आदर्शवान दम्पतिको रुपमा चिनिएका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले नेकपा नेत्री तथा जीवन संगिनी सांसद उषाकला राईलाई साँची राख्दै भने,“आफूले आजसम्म महिला अधिकारका लागि नियम कानून बनाउँदै, महिला अधिकारको पक्षमा जीवन समर्पित गरेँ आज त्यहि विषयले म लखेटिनु पर्यो ।”

आफूले गरेका कामहरु र गर्न लागेका कामहरुको जानकारी दिँदै गर्दा मन्त्री तामाङको गला अवरुद्ध भयो, उनी बोल्न सकेनन् ।  उनका आँखाबाट आँशु झरिरहेका थिए । छेउमै बसेकी जीवन संगिनीले पानी दिईन, पिउन खोजे तर पिएनन्, पत्रकार सम्मेलनमा उपस्थित १०० भन्दा वढी पत्रकारहरु मध्ये आधाभन्दा वढीले पनि आफ्नो आँशु थाम्न सकेनन् ।

केपी ओली सरकारका सबैभन्दा निष्कलंक र परिणाममुखी काम गरेका मन्त्रीले नैतिकताको आधारमा दिएको राजीनामाले आफ्नो बोली भन्दापनि त्यसलाई आधार मानेर न्यायालय भित्रको पारदर्शिता नचाहनेहरुले चलखेल गरेकोमा उनको गुनासो थियो ।

अघिल्ला कानून मन्त्रीहरुले वर्षौं गर्न नसकेको कानून निर्माणको कामलाई उनले केही महिनामा नै सम्पन्न गरेका थिए ।  संविधानको कार्यान्वयनको लागि चाहिने मौलिक हक अन्तर्गतका १५ कानुनहरु निर्माण भै संसदमा पठाएको, १८ भन्दा बढी विषयगत कानुनहरु निर्माण गरेको, प्रदेश र स्थानीय सरकार संचालनका लागि चाहिने १७ भन्दा बढी नमुना कानुनानिर्माण गरी पठाएको, ठूला परियोजनाका लागि फास्ट ट्रयाक कानुनको आवश्यकता पर्ने देखिएकोले त्यो निर्माणको अन्तिम चरणमा पुगेको बताएका थिए ।

एउटा गाउँले जनजाति परिवारमा जन्मिएर आफूलाई राजा नै ठान्ने पशुपति शमशेर जस्तो सम्पन्न व्यक्तिलाई हराउनु पक्कै पनि चानचुने सफलता हैन । एउटा व्यक्तिको राजीनामा आउनु पक्कै पनि ठूलो विषय होईन तर नेकपा भित्रबाट शेरबहादुर तामाङ जस्तो वर्गीय जनजाति नेता आउला कि नआउला यो भने गम्भीर प्रश्न हो ?

सार्वजनिक खरिद ऐनको परिमार्जन गर्ने र न्यायलय भित्रको भ्रष्टाचार रोक्न सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति समेत सार्वजनिक गर्नुपर्ने कानून लागु गर्ने अन्तिम प्रक्रियामा पुग्दा आफूले राजीनामा दिनुपरेको समेत पत्रकार सम्मेलनमा बताएका थिए ।

कतिपय अवस्थामा बंगलादेश पढ्न जाने छात्राले सर्टिफिकेट पाउन आफूलाई सुम्पनु पर्ने भन्ने अभिव्यक्ति दिएपछि तामाङको चौतर्फी आलोचना भएको थियो । पार्टीका केन्द्रीय सदस्यले बोल्दै नबोलेको धारणालाई समेत बोलेको भनी केहि संचार माध्यामले प्रकाशन गरेको विषय पनि उनले पत्रकार सम्मेलनमा राखेका थिए ।

सन् २०१७ डिसेम्बरमा नेपाली विद्यार्थीले हिंसाको कारण झुण्डिएर आत्महत्या गरिन् आशयको समाचार समेत प्रकाशन द हिमालय टाईम्सले प्रकाशन गरेको थियो । यसको साथै मन्त्रालयमा अन्य विद्यार्थीहरुले समेत हिंसा सहनु परेको गोप्य सूचनाको आधारमा वर्तमान सरकारलाई सहयोग होस् भन्ने भावनाले मन्त्रीले सो कुरा बोल्नु भएको हो तर यसैले मन्त्रीले राजीनामा दिनुपर्यो, मन्त्रालयका एक कर्मचारीले हामीलाई भने ।

एउटा गाउँले जनजाति परिवारमा जन्मिएर आफूलाई राजा नै ठान्ने पशुपति शमशेर जस्तो सम्पन्न व्यक्तिलाई हराउनु पक्कै पनि चानचुने सफलता हैन । एउटा व्यक्तिको राजीनामा आउनु पक्कै पनि ठूलो विषय होईन तर नेकपा भित्रबाट शेरबहादुर तामाङ जस्तो वर्गीय जनजाति नेता आउला कि नआउला यो भने गम्भीर प्रश्न हो ?

हिजो तराईमा जातीय आन्दोलनको आँधीवेरी र पहाडी भेगमा जनजातिको नाममा पार्टीलाई विभाजन गर्नेहरुलाई खबरदारी गर्दै पार्टीको वर्गीय आन्दोलनमा आफूलाई समर्पित गर्ने यी कम्युनिष्ट नेताको आँशुले नेकपालाई नभिजाउला भन्न सकिन्छ र ?

वर्तमान सरकारमा महिला सहभागिता अति नै थोरै छ । जनजातिहरुको संख्यात्मक जिम्मेवारी पनि उल्लेख्य छैन । यस्तो अवस्थामा जनजाति मन्त्रीले दिएको राजीनामाको जिम्मेवारीमा फेरी पनि उपल्लो जातिले भूमिका पाएभने त्यो पाच्य नहुन पनि सक्छ । पूर्ण बहुमतको पार्टी र नेतृत्वले यसतर्फ समयमा नै ध्यान पुर्याओस् !

पार्टीका केन्द्रीय सदस्यले बोल्दै नबोलेको धारणालाई समेत बोलेको भनी केहि संचार माध्यामले प्रकाशन गरेको विषय पनि उनले पत्रकार सम्मेलनमा राखेका थिए ।

तामाङको राजीनामाले समाजमा पक्कै पनि सकारात्मक सन्देश जानेछ । पदमा पुगेर बोलीमा ध्यान दिन सकिएन भने आफू धरापमा परिन्छ भन्ने चेत आएको हुनुपर्छ । बोली र व्यवहारका कारणले विवादित भएका अन्य मन्त्रीहरुको राजीनामा आउनुपर्छ, यसतर्फ सिंगो पार्टी र प्रधानमन्त्रीले ध्यान दिने कि ?

कानुनमन्त्रीद्वारा पत्रकार सम्मेलनमा जारी विज्ञप्ती :

 

यो पनि पढ्नुहोस्

कानून मन्त्रीको राजीनामापछि सरकार विरुद्ध खनिए बौद्धिक जगत

डा. गोविन्द केसीप्रति खनिए कानुनमन्त्री शेरबहादुर तामाङ (भिडियो सहित)

आशय गलत नभएको भन्दै माफी मागे कानूनमन्त्री शेरबहादुरले

प्रतिक्रिया दिनुहोस्