आशय गलत नभएको भन्दै माफी मागे कानूनमन्त्री शेरबहादुरले



०६ साउन २०७५, काठमाडौं

नेपाल सरकारका वहालवाला कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्राक्सिस इन्टरनेसनल एकेडेमीको कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा बंगलादेश पढ्न जाने छात्राहरुबारे दिएको अभिव्यक्ति गलत भएपनि आशय गलत नभएको भन्दै माफी मागेका छन् ।

राजधानीको चुच्चेपाटीस्थित प्राक्सिस इन्टरनेसनल एकेडेमीमा शुक्रबार मन्त्री तामाङले ‘बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने छात्राहरूमाथि यौन शोषण भइरहेको’ बताएका थिए । उनको धारणा सार्वजनिक भएसँगै सर्वत्र विरोध भई विवादमा तानिएका थिए ।

बंगलादेश पढ्न गएका केही विद्यार्थीले आत्महत्या गरेको प्रसंग निकाल्दै नेपाली छोरीचेली हिंसामा नपरून् भनेर सचेत गराउने मनसायले आफूले बोलेको र आफ्नो अभिव्यक्तिबाट बंगलादेशमा पढ्दै गरेका र पढेर फर्किएका विधार्थीहरुलाई पर्न गएको चोट प्रति माफी माग्दछु ।

कानुमन्त्रीद्वारा जारी विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्