कानून मन्त्रीको राजीनामापछि सरकार विरुद्ध खनिए बौद्धिक जगत



राजीनामा दिदै गर्दा तामाङले भने, “म सचेत छु, छोरी मेरो जीवनको गर्व हो । छोरी मेरो सन्तान हो । छोरी मेरो भविष्य हो । छोरीको अधिकार र अस्मिताको लागि म आफैं लड्दै आएको व्यक्ति हुँ । यसको निम्ति म खुल्ला कागज हुँ । मलाई पढे हुन्छ । मेरो परिवार बुझे हुन्छ । छोरीको अंश र वशं, आमाको नामबाट नागरिकता दिने विषयमा म आफ्नो ठाउँबाट लड्दै आएको व्यक्ति हुँ ।”

०९ साउन २०७५, काठमाडौं

नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले नैतिकताको आधारमा राजीनामा दिए । राजीनामा पछि सामाजिक संजालमा उनको व्यक्तित्व बारे प्रशंसा गर्नेहरु धेरै देखिए । उनीप्रति अन्याय भएको भन्दै लेख्नेहरुमा पार्टी नेतादेखि पत्रकार र कलाकार सम्म भेटिए ।

सांसद रामकुमारी झाक्री :
आज सेर बहादुर तामाङ माथि अन्याय भएको छ त्यो अन्याय जोसुकैले गरोस। दुःख लाग्यो।
सार्वजनिक रूपमा माफी मागेर भएन????

सांसद योगेश भट्टराई :
एउटा नैतिक जगबाट राजनीतिमा उदाएको योग्य, सक्षम तथा इमान्दार ब्यक्तित्व शेरबहादुर तामाङ ।

 

वरिष्ठ पत्रकार तिर्थ कोइराला :
मन्त्री शेरबहादुरको इतिहास हेरियो न अभिव्यक्तिको आशय हेरियो नत शब्द केलाउने काम भयो ।अन्तत: राजिनामा दिएर गए । 

चर्चित हाँस्यकलाकार मनोज गजुरेल :
तपाईंको राजनीतिमाले ईमानदारिताको दियो बाँकी रहेछ भन्ने उदाहरण आएको छ । 

कुनै पनि मुद्दामा न्यायधीशले न्याय सम्पादन गर्दा समेत व्यक्तिको पृष्ठभूमि हेर्छ भने कम्युनिष्ट सरकारले एउटा नारीवादी नेतालाई किन माफी माग्दा समेत छुट दिन सकेन ? यो प्रश्न आम समर्थकहरुमा देखिएको छ । एउटा वर्गीय नेताले राम्रो गर्दा गर्दै तिललाई पहाड बनाएर पदच्यूत गरिन्छ भने यो नै सामाजिक न्याय हो त ?

राजीनामा दिदै गर्दा तामाङले भने, “म सचेत छु, छोरी मेरो जीवनको गर्व हो । छोरी मेरो सन्तान हो । छोरी मेरो भविष्य हो । छोरीको अधिकार र अस्मिताको लागि म आफैं लड्दै आएको व्यक्ति हुँ । यसको निम्ति म खुल्ला कागज हुँ । मलाई पढे हुन्छ । मेरो परिवार बुझे हुन्छ । छोरीको अंश र वशं, आमाको नामबाट नागरिकता दिने विषयमा म आफ्नो ठाउँबाट लड्दै आएको व्यक्ति हुँ ।”

उनकी पत्नी उषाकला राईले भनिन्, ‘म त्रिचन्द्र कलेजमा पढाउँथे, बच्चा सानै थिए, उहाँले नै हुर्काउनुभएको हो ।’ घरमा शेरबहादुरले आफैँ भाँडा माझ्ने, भुइँ पुछ्ने, लुगा धुनेलगायतका काम गर्थे । सिन्धुपाल्चोक घरमा हुँदा पनि आफैँ लिप्थे । यो महिलाको काम यो पुरुषको काम भनेर उनले कहिल्यै छुट्याएनन्, उनलाई नजिकबाट चिन्नेहरू भन्छन ।

तामाङको व्यक्तिगत जीवनसँग जोडेर घटना विचारले फिचर समाचार नै बनाएको छ । शेरबहादुरबारे उषाकलाले खोलिन् अनेक रहस्य

यो पनि पढ्नुहोस् :

रुदै राजीनामा दिएका कानून मन्त्रीको आँशुले कम्युनिष्ट सरकार नबगोस्

डा. गोविन्द केसीप्रति खनिए कानुनमन्त्री शेरबहादुर तामाङ (भिडियो सहित)

आशय गलत नभएको भन्दै माफी मागे कानूनमन्त्री शेरबहादुरले

 

 

प्रतिक्रिया दिनुहोस्