डा. गोविन्द केसीप्रति खनिए कानुनमन्त्री शेरबहादुर तामाङ (भिडियो सहित)



२४ असार २०७५, काठमाडौं

जोसेफ हाईस्कूलद्वारा आयोजित सम्मान कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारी तलब खाएर सरकारकै विरोधमा अनसन बसेको भन्दै डा. गोविन्द केसीको अनसनबारे सरकारले बु्झ्न नसकेको बताए ।

‘अरु कसैले आएर यो मुलुक बनाउँदैन, हामी आफैंले बनाउने हो’ त्यसतर्फ सरकार निरन्तर लागिरहेको छ । यसो भन्दै गर्दा कोही कोही मान्छेहरु मुलुक बन्नु हुँदैन भनेर प्लेकार्ड बोकेर माईतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । सरकारी डाक्टर पढाउन र उपचार गर्न छोडेर हस्पिटल खुल्नु हुँदैन भन्दै अनशन बसेको बुझ्न नसेकर हामी आफैं अलमलमा छौं, उनको भाषणमा डा. गोविन्द केसीको अनसनप्रति सरकारी असन्तुष्टि प्रष्टिन्थ्यो ।

कार्यक्रममा मन्त्री तामाङले सम्मानित बरिष्ठ डा. भोला रिजालले मेडिकल कलेज संचालन गरेर सयौं डाक्टरहरु उत्पादन गरी  हजारौं विरामीको जीवन बचाएको भन्दै अर्काे डाक्टर सरकारी तलब खाएर पढाउन र उपचार गर्न छोडी अनशन मुलुक समृद्ध नहुने धारणा राखे ।

सरकार नेपालमै सस्तोमा गुणस्तरीय शिक्षण अस्पतालहरु संचालन गरी विदेशीएको नेपाली पैसालाई नेपालमै खर्च गर्ने वातावरण बनाउन क्रियाशिल रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्