सिन्धुपाल्चोकका बाढी पिडितको समस्या समाधान गर्न एमाले बागमती प्रदेशले प्रधानमन्त्रीलाई बुझायो १८ बुदें मागपत्र



नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सम्मेलन आयोजक कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलको नेतृत्वमा सिन्धुपाल्चोक पार्टी कमिटीका नेताहरु समेतको सहभागितामा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १८ बुदे माग राख्दै तत्काल बाढी पहिरो पिडित परिवारलाई सहयोग गर्न माग गरेको छ।

प्रदेश कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलद्वारा हस्ताक्षरित मागपत्रमा बाढी पहिरोले पुर्याएको क्षतिको विवरण समेत उल्लेख गरेको छ।

बाढी पहिरोले पुर्याएको क्षतिको विवरण

 बाढी पहिरोका कारण १६ जनाको मृत्यु,
 ४०० परिवार विस्थापित, (३३७ वटा घर र ६० वटा गोठ ),
 ६ वटा मोटर पुल,
 १३ वटा झोलुंगे पुल बगाएको,
 हेलम्बु २ कोकिउल बगरमा रहेको प्रहरी चौकी भवन लडाएको,
 २ वटा विद्यालय (सरस्वती मा.वि. हेलम्बु र तेर्से मावि तालामाराङ) भवन उच्च जोखिम
रहेको,
 सडक मार्ग भत्किएर बगरमा परिणत भएको, पहिरोले पुरेको र लेदो थुप्रिएर पुरै यातायात
बन्द भएको,
 खनेपानी प्रणाली अवरुद्ध भई खनेपानीको अभाव भएको,
 नदी आसपासका सिचाई कुलो पुरै बगाएको,
 नदी किनारका घरहरुमा हिलो, लेदो पसी बस्न नहुने भएको,
 १० वटा ट्राउट माछा फर्म, भैसी फर्म, बंगुर फर्म र रिसोर्ट बाढीले बगाएको,
 नदीले आफ्नो वहाव परिवतर्न गरी जथाभावी बगिरहेको ,
 मेलम्ची खानेपानी आयोजनामा अपूर्णिय क्षति भएको,
 विद्युत प्रसारण लाईन अवरुद्ध भएको,
 बैंकबाट रिण लिई विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुको बैंक किस्ता भुक्तानिमा समस्या भएको विवरण उल्लेख गरिएको छ।

मागपत्रमा भनिएको छ : सो स्थानका जनसमुदायले भोगीरहेका समस्याहरुलाई यथासिघ्र सम्बोधन गरी मृतक परिवारलाई क्षतिपूर्ति, राहत र विस्थापित ४०० परिवारलाई राहात र पुन:स्थापना, नदीहरुको नियन्त्रण, विग्रे भत्केका संरचना (खानेपानी, विद्युत, सडक, पुल) को तत्काल पुननिर्माण गर्नका लागि नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन गराउँदै तत्कालै सम्बोधन गर्न निम्न अनुसारको १८ बुदे माग गरेको छ।

पार्टी प्रदेशद्वारा प्रधानमन्त्रीलाई बुझाएको १८ बुदे मागहरु:


१) मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारद्वारा गरियोस् ।
२) बहुआयामिक विज्ञ प्राविधिक टोली खटाई डिटेल सर्वे गरी दिर्घकालीन एकिकृत पूनः निर्माणको लागि लागत इस्टिमेट अनुसार बजेटको व्यवस्था गरी तत्कालै कार्य प्रारम्भ गरियोस्।
३) विस्थापित ४ सय परिवारको अस्थाई बसोबासको लागि प्रति परिवार ८ बन्डल जस्ता पाता उपलब्ध गराई अस्थायी बासस्थान निर्माण गर्ने व्यवस्था गरियोस्।
४) नदि किनाराका बजार संरक्षण र पुनः व्यवस्थापनको लागि तत्कालै तटबन्ध निर्माण गरी बजार सुचारु गर्ने र भत्केका घरहरुको पूननिर्माण र पुरिएका घरहरुलाई मर्मत सुधार गराउने व्यवस्था गरियोस्।
५) बिग्रे भत्केका मोटर बाटोहरुको तत्कालै मर्मत सुधार गरी मोटर सञ्चालन गर्ने व्यवस्था गरियोस्।
६) भत्केका मोटर पुलमा अस्थाई (बेलीव्रिज वा कजवे निर्माण गरी) मोटर बाटो सञ्चालनमा ल्याउने र मानिस आवत जावतको लागि तत्कालै झोलुृङ्गे पुल निर्माण गरियोस्।


७) ध्वस्त भएको सञ्चार र विद्युत प्रशारण लाईनको मर्मत गरी तत्कालै विद्युत आपूर्ति सञ्चालन गरियोस्।
८) ध्वस्त सबै खानेपानीका मूहान र संरचनाहरु मर्मत सुधार गरी मुहानको संरक्षण, फिल्ट्ररेशन सहित सफा खानेपानीको व्यवस्था तत्कालै गरियोस्।
९) राष्ट्रिय गौरवको आयोजना मेलम्चीको मुहानमा भएको क्षतिको मर्मत सुधार गरी काठमाडौंमा पिउने पानीकोआपूर्ति गरियोस्।
१०) भत्केका दुईवटा विद्यालय सञ्चालनको लागि तत्कालै सुरक्षित स्थानमा अस्थायी शिकाई केन्द्र निर्माण गरी पठन पाठन सुचारु गरियोस्।
११) बाढिबाट क्षति ग्रस्त भएको प्रहरी चौकीको पूनःस्थापना गरी जनताको जिउँ धनको सुरक्षाको अतिरिक्त व्यवस्था गरियोस्।
१२) बाढिका कारण आउन सक्ने महामारी, पानी जन्य रोग तथा अन्य सरुवा रोग रोकथाम नियन्त्रण र उपचारकोलागि स्वास्थ्य शिविर सञ्चालन गरियोस्।

सिन्धुपाल्चोक पहिरो अपडेट : ९ जनाको शव फेला, २१ जना बेपत्ता

१३) बाढि पहिरोबाट विस्थापित जनसमुदायलाई तत्कालै खाद्यान्न र अन्य राहतको उचित प्रवन्ध गरियोस्।
१४) नदि किनारमा तार जाली लगाई नदिलाई आफ्नो पुरानो मार्गमा फर्काउने व्यवस्था गरियोस्।
१५) हरेक वर्ष सिन्धुपाल्चोकमा बाढि पहिरोबाट हुने क्षतिबाट जनतालाई जोगाउन सुरक्षित स्थानमा एकिकृत आवास निर्माण गरी स्थानान्तरण गरियोस्।
१७) नदि किनारमा सञ्चालन भएका कृषि बाली, पशुचौपाय, कृषि फर्म, होटल, रिसोर्ट, पसल र अन्य व्यवसाय सञ्चालन गर्नेहरुको लगानी संरक्षण गर्न बैंकको व्याज मिनाहा र कर्जा पूनः संरचना गर्ने व्यवस्था गरियोस्।
१८) नदि किनारामा बाढीको पूर्व जानकारी दिने साईरन तत्काल जडान गरियोस्।

उक्त कार्यक्रममा बागमती प्रदेश ईन्चार्ज राम बहादुर थापा, सह-ईन्चार्जहरु काशीनाथ अधिकारी, कृष्ण गोपाल श्रेष्ठ, शेरबहादुर तामाङ्ग, बागमती प्रदेश सचिव खेम लोहनी, केन्द्रिय सदस्य गणेश कुमार पहाडी, एमाले सिन्धुपाल्चोक अध्यक्ष बालकृष्ण देउजा, काठमाण्डौ अध्यक्ष कृष्ण राई, ललितपुर अध्यक्ष हरिकृष्ण ब्यजनकार, भक्तपुर अध्यक्ष बचन देउजा, प्रदेश सदस्य हस्त पण्डित, युवा संघका उपाध्यक्ष अशोक चौलागाई लगायत पार्टीका नेता तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

चीनद्वारा सिन्धुपाल्चोकलाई ठूलो मात्रामा स्वास्थ्य सामग्री प्रदान

पार्टी प्रदेशको मागप्रति गम्भीर हुँदै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी तथा पहिरो पिडितको लागि मागपत्रमा उल्लेखित विषयमा तत्काल सरकारले गर्नुपर्ने कामहरु अगाडि बढाउने बताएका थिए।

सिन्धुपाल्चोक पहिरो अपडेट : ९ जनाको शव फेला, २१ जना बेपत्ता

प्रतिक्रिया दिनुहोस्