सिन्धुपाल्चोक पहिरो अपडेट : ९ जनाको शव फेला, २१ जना बेपत्ता,



काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसेमा गए राति १ बजे देखि १ः३० बजे सम्म गएको पहिरोले १६ घर पुरिँदा २१ जना बेपत्ता भएका छन् भने ९ जनाको शव फेला परेको छ ।

बाह्रबिसे वडा नम्बर-७ घुम्थाङको नागपुजे र भीरखर्कमा खसेको पहिरोमा १६ घर पुरिँदा २१ जना बेपत्ता भएकोमा ९ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाकाले जानकारी दिए ।

घटनास्थलमा अहिले खोजी तथा उद्धार जारी रहेको छ । बेपत्ताहरु अझै सम्पर्कमा नआएकाले मृतकको संख्या बढ्न सक्ने उनले बताए । शनिबार राति ६ घण्टासम्म परेको भारी वर्षापछि भीरखर्कबाट पहिरो खस्दा नागपुजेमा बढी क्षति गरेको बाह्रबिसेका मेयर निमफन्जो शेर्पाले जानकारी दिए ।

बेपत्ता भएकाहरुको सशस्त्र प्रहरी, नेपाली सेना, सशस्त्र बल, १६ नम्बर गण टोलीले खोजतलास गरिरिहेको छ । डीएसपी सापकोटाका अनुसार हालसम्म १६ वटा घरमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्