आदित्यको गुनासो : ‘मेरो खातामा १८ हजार मात्र छ अब काम सुरु गर्न नपाए गुजारा चलाउन मेरो बाइक बेच्नुपर्छ’



 आदित्य नारायण झा ले बलिउडमा आफ्नो राम्रो स्थान बनाइसकेका छन् । उनलाई होस्ट र गायकको रुपमा दर्शकले धेरै चिन्ने गरेका छन् । उनै आदित्यले सामाजिक सञ्जालमा आफू आर्थिक संकटमा परेको जानकारी दिएका छन् ।

आदित्यले कोरोनाका कारण लकडाउन भएकाले आफू ६ महिनासम्म काम गर्न नपाएको र बचत गरेर राखेको सबै पैसा सकिसकेको बताएका छन् । आदित्यले अब आफ्नो खातामा १८ हजार मात्र बाकीँ रहेको जानकारी दिएका छन् ।

आदित्यले अब अर्को महिनाबाट उनले काम सुरु गर्न नपाए उनलाई आर्थिक संकट पर्ने बताएका छन् । आदित्यले अर्को महिनाबाट काम सुरु नगरे आफ्नो बाइक वा अन्य सामान बेच्नुपर्ने स्थिति आउन सक्ने बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्