विजय घिमिरेको नयाँ गीत “किच किच” सार्वजनिक



काठमाडौं । गायक विजय घिमिरे (भिजे) र जे अथर को नयाँ गीत “किच किच” सार्वजनिक भएको छ। आर.एन.बि. शैलीको उक्त गीत लाई भि जे,जे अथर र युबेनब्लाक ले संयुक्त रुपमा लेखेका छन् भने गीत को बिट जे अथर ले बनाएका हुन्।

यु के मा बसेर संगीत सिर्जना गरिरहेको (भीजे) र साथीहरुले उतै गीत को म्युजिक भिडियो बनाएका छन् ।

केहि फरक शैली को गीत तथा भिडियो भएको हुनाले दर्शक तथा श्रोताहरुलाइ मनपर्ने गायकको विश्वास छ। गीतको भिडियोलाइ भीजे म्युजिक नामक युटुबबाट सार्बजनिक गरिएको छ ।

यस अघि गायक(भिजे)ले बेहुली, आइ लब यु, तिम्रो मेरो माया लगायत गीत सार्बजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्