संसद्‍मा बोल्न अनुमति माग्दै सभामुखलाई गृहमन्त्री रविले पठाए पत्र



काठमाडौं । संसद्‍मा बोल्न अनुमति माग्दै सभामुख देवराज घिमिरेलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पत्र पठाएका छन् ।

उनलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको बचत अपचलनमा मुछिएको भन्दै गत अधिवेशनमा बेल्न दिएको छैन । त्यसपछि उनले सभामुखलाई पत्र नै लेखेर बोल्न पाउनुपर्ने माग राखेका हुन् ।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूसहित बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका यता प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री माथि छानबिन समिति आवश्यक भएको अडान कायम राखेका । त्यसपछि रविले सभामुखलाई पत्र नै पठाएका छन् ।

पत्रमा २७ गतेबाट सुरु हुने नयाँ अधिवेशनमा बोल्न अनुमति मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्