गम्भिर अवस्थामा रहेका फराजको उपचारको सम्पूर्ण खर्च सलमानले तिरिदिए, फ्यानले गरे तारिफ



अभिनेता फराज खानको स्वास्थ्य अवस्था यतिबेला ठिक छैन । बिरामी भएर केही समयदेखि फराजको उपचार भैरहेको छ । फराजको स्वास्थ्य अवस्था निकै गम्भिर भैरहेको छ । उपचारको लागि उनको परिवारसँग रकम नभएपछि परिवारले सहयोगको लागि अपिल गरेको थियो ।

फराज खानको उपचार खर्च बलिउड स्टार सलमान खानले दिने भएका छन् । यो कुराको जानकारी कश्मिरा शाहले दिएकी छिन् । कश्मिरा कमेडियन कृष्णा अभिषेककी श्रीमती हुन् । उनले सलमानसँग केही चलचित्रमा स्क्रिन सेयर गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा सलमानको एक तस्बिर साझेदार गर्दै उनी वास्तवमै एक असल व्यक्ति भएको बताएकी छिन् । एकपटक फेरि सलमानले आफ्ना फ्यानको मन जितेका छन् ।   

प्रतिक्रिया दिनुहोस्