पहिलो पटक म्यूजिक भिडियोमा एकसाथ देखिए पल र प्रियाना, कत्तिको जम्यो त जोडी ?



पल शाह यतिबेला म्यूजिक भिडियोको काममा सर्वाधिक व्यस्त छन् । पलको एकपछि अर्को म्यूजिक भिडियो रिलिज भैरहेका छन् । यसैबिच उनको नयाँ गीत बजारमा हालै रिलिज भएको छ ।

बदल घिमिरेको शब्द र संगीत रहेको बैगुनी २ सितल छायाँलाई बोलको गीतमा पल शाह र प्रियाना आचार्य फिचर्ड छन् । प्रियाना भद्रगोल मा मुन्नी को क्यारेक्टर निभाएर चर्चामा आएकी कलाकार हुन् । पछिल्लो समयमा उनको पनि म्यूजिक भिडियोमा व्यस्तता निकै बढेको छ ।

पल र प्रियानाले पहिलो पटक म्यूजिक भिडियोमा सँगै काम गरेका हुन् । तर दुवैको गज्जबको केमेष्ट्रि देखिएको छ । गीतलाई पनि दर्शकले रुचाएका छन् ।  

प्रतिक्रिया दिनुहोस्