उपनिर्वाचनमा एमालेको जित हुनु मिसन ०८४ को सुरुवात हो : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ गतेको उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ को जितले मिसन ०८४ बलियो बनाएको बताएका छन् ।

‘सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’ विमोचन कार्यक्रमलाई सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘दुईवटा उपनिर्वाचन एमालेले जित्यो’, उनले भने, ‘यो हाम्रो मिसन ०८४ सफलताको सुरुवात हो । हामी मिसन ०८४ लाई सफल बनाएर छाड्छौँ ।’

ओलीले एमालेलाई सक्न धेरै कोसिस भएका बताए ।

प्रतिक्रिया दिनुहोस्