सुशान्त सिंह आत्महत्या प्रकरणको अनुसन्धान पुरा, कसैको षड्यन्त्रको कुनै प्रमाण भेटिएन



सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणको अनुसन्धान सिबिआईले पुरा गरेको छ । सिबिआईको अनुसन्धानमा सुशान्तको हत्यामा कुनैपनि षड्यन्त्र नभएको पुष्टि भएको छ ।

स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले सिबिआईको अनुसन्धान अब पूरा भइसकेको र उनीहरुले चाँडै नै आफ्नो रिपोर्ट अदालतमा पेश गर्ने जानकारी दिएको छ ।

सुशान्तको आत्महत्यापछि उनको परिवारले सुशान्तको आत्महत्या नभएर हत्या भएको हुनसक्ने आशंका गरेको थियो । त्यतिमात्र नभएर यस केसमा धेरै व्यक्ति मुछिएका थिए । तर अहिले सिबिआईले नै सुशान्तको हत्या नभएर आत्महत्या भएको पुष्टि गरिसकेको छ ।

स्मरण रहोस्, केही दिन अघि एम्सको प्यानलले सुशान्तको हत्याको आशंकालाई खारेज गर्दै यसलाई आत्महत्या बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्