कोरोनाका कारण समस्यामा परेकाहरुलाई खाना बाड्दै पूजा शर्मा



पूजा शर्मा अहिलेकी सर्वाधिक चर्चित नायिका हुन् । अहिले कोरोनाको कारण सरकारले चलचित्र छायांकनको लागि अनुमति दिएको छैन । तर म्यूजिक भिडियोको भने धमाधम छायांकन भैरहेको छ । पूजा शर्मा पनि एकपछि अर्को म्यूजिक भिडियोमा व्यस्त भैरहेकी छिन् ।

यसैबिच उनले कोरोनाका कारण समस्यामा परेर खाना खान नपाएकाहरुलाई सहयोग गरेकी छिन् । यसअघि पनि उनले कोरोनाका कारण समस्यामा परेका चलचित्रका प्राविधिकहरुलाई २ लाख बराबरको खाद्यान्न सहयोग गरेकी थिइन् ।

पूजाले सोमबार साँझ लखनखेलको सडकमा भोकले भौतारिरहेकाहरुलाई आफ्नै खर्चमा खाना वितरण गरेकी छिन् । उनले यसरी खाना खान नपाएकाहरुलाई सहयोग गर्न पाउँदा आफूलाई निकै नै खुसी लागेको बताएकी छिन् । पूजाले खाना वितरण गरिरहेको तस्बिर सामाजिक सञ्जाल मार्फत सेयर पनि गरेकी छिन् ।  

प्रतिक्रिया दिनुहोस्