दक्षिण भारतीय फिल्मबाट आएका हुन् बलिउडका यी चर्चित नायिकाहरु…



बलिउडमा यस्ता चर्चित नायिकाहरु छन् जसले आफ्नो करियरको सुरुवात दक्षिण भारतीय चलचित्रबाट गरे । तर दर्शकलाई यसबारे त्यति थाहा छैन । दर्शकले ती बलिउड नायिकाहरुलाई साउथभन्दा पनि बलिउड चलचित्रबाट नै चिन्न थालेका हुन् । आज हामी यहाँ तिनै अभिनेत्रीबारे चर्चा गर्नेछौँ ।

प्रियंका चोपडा– धेरै दर्शकलाई थाहा छैन होला तर अभिनयको सुरुवात बलिउडकी चर्चित नायिका प्रियंका चोपडाले तमिल फिल्मबाट गरेकी थिइन् । २००२ मा रिलिज भएको थपिनाज फिल्मबाट उनले अभिनय सुरु गरिन् । तर उनलाई दर्शकले भने बलिउड फिल्मबाट नै चिन्न थालेका हुन् ।

ऐश्वर्या राय बच्चन– बलिउडकी सदावहार सुन्दर अभिनेत्री ऐश्वर्या रायले आफ्नो अभिनयको सुरुवात सन् १९९७ मा प्रदर्शनमा आएको तमिल फिल्म इरुवर बाट गरेकी थिइन् ।

रेखा– बलिउडकी सर्वाधिक चर्चित नायिका रेखाले आफ्नो करियरको सुरुवात सन् १९६९ मा प्रदर्शनमा आएको फिल्म अपरेशन ज्याकपट बाट गरेकी थिइन् ।

श्रीदेवी–स्वर्गीय अभिनेत्री श्रीदेवीले सन् १९७६ मा तामिल फिल्मबाट अभिनेत्रीको रुपमा परिचित भएकी थिइन् । उनले त्यसपछि पनि केही तमिल चलचित्रमा काम गरिन् । तर बलिउडमा नै उनको नाम धेरै परिचित भयो ।

दिपिका पादुकोण– बलिउडमा भित्रनु अघि नै दिपिकाले सन् २००६ मा ऐश्वर्या नामक तमिल चलचित्रमा काम गरेकी थिइन् । उनी बलिउडमा भने सन् २०१० मा रिलिज भएको ओम शान्ति ओम चलचित्रबाट भित्रिएकी हुन् ।

इलियाना डिक्रुज– इलियाना त अहिले पनि साउथ नायिकाको रुपमा नै परिचित छिन् । साउथमा निकै राम्रो नाम कमाइसकेपछि उनी बलिउडमा भित्रिएकी हुन् । उनले पहिलो चलचित्र सन् २००६ मा गरेकी थिइन् ।

कृति सेनन– कृति सेननले पनि तेलुगु फिल्मबाट डेब्यू गरेकी हुन् । उनको पहिलो फिल्म नेनोक्काडिने हो । २०१४ मा आएको यो फिल्ममा उनको अपोजिट महेश बाबू थिए ।

प्रतिक्रिया दिनुहोस्