इलाम २ : सुहाङ ५३ सय मतले अगाडि, खड्का र थेगिमबीच ७४१ मतान्तर



इलाम । इलाम क्षेत्र नम्बर २ अन्तर्गत देउमाई नगरपालिकाको मतगणना जारी रहँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङको अग्रता बढेर ५ हजारमाथि पुगेको छ ।

पछिल्लो पटक देउमाई नगरपालिका वडा नम्बर-२ तपेवा, साब्जुङ, बाघखोर र पुङफुङलगायतको मतगणना सकिएको छ ।

४ वटा पालिकाको मतगणना सकिएर देउमाई नगरपालिका-१ र २ को परिणाम आइसक्दा सुहाङले ५३ सय ३ मतको अग्रता बनाएका हुन् ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अहिले १४ हजार ६१३ मत ल्याएका छन् । त्यहाँ नेपाली कांग्रेसका डम्बर खड्काले ९ हजार ३१३ मत ल्याएका छन् । यी दुईको अन्तर बढेर ५ हजार नाघेको हो ।

पहिचान पक्षधरका डकेन्द्रसिंह थेगिमले अहिलेसम्म ८,५७० मत पाएका छन् । कांग्रेसका खड्का र थेगिमबीच ७४१ मतान्तर रहेको छ ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले २ हजार ५७ मत ल्याएर चौथो स्थानमा पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्