बलिउडका ठूला कलाकारलाई कगंनाको चुनौती : ‘सक्छौ भने म विरुद्ध मुद्धा हाल’



केही चर्चित भारतीय च्यानलविरुद्ध मुद्धा हाल्न यतिबेला बलिउडका ठूला निर्माता र कलाकार लागिपरेका छन् । यसैबिच नायिका कगंना रनावतले ती निर्माता र कलाकारलाई सक्ने भए आफू विरुद्ध पनि मुद्धा हाल्न चुनौती दिएकी छिन् ।

बलिउडका निर्माताहरुले विभिन्न च्यानलविरुद्ध मुद्धा हाल्न अदालतमा पुग्ने भएपछि कगंनाले ट्वीट गरेकी छिन् । उनले लेखेकी छिन्, ‘बलिउड जो ड्रग्स शोषण, नेपोटिज्म र जिहादको नाली हो यसलाई सफा गर्नुको सट्टा बलिउडस्ट्राइक्सब्याक जस्ता ह्याशट्याग प्रयोग भइरहेका छन् । म त भन्छु मविरुद्ध पनि केस हालिदेउ । जबसम्म म जीवित छु तबसम्म म सबैको असलियत अगाडि ल्याइरहन्छु ।’

उद्योगका साथै उनले बलिउड कलाकारबारे पनि टिप्पणी गरेकी छिन् ।  

प्रतिक्रिया दिनुहोस्