आमा बन्दै ‘विवाह’ की नायिका अमृता राव



कुनै समयमा बलिउडमा राम्रो चर्चा कमाउन सफल अभिनेत्री अमृता राव केही बर्षदेखि फिल्ममा देखिएकी छैनन् । सन् २०१६ मा विवाह गरेकी अमृताले विवाहपछि आफ्नो पुरा समय परिवार र श्रीमानलाई दिन थालेकी छिन् ।

उनै नायिका अमृता चाडै आमा बन्दैछिन् । यो कुराको जानकारी स्वयम अमृताले सामाजिक सञ्जाल मार्फत दिएकी छिन् । उनले पति अनमोलसँगको एक तस्बिर सेयर गर्दै आफू आमा बन्न लागेको कुराको जानकारी दिएकी हुन् ।

बलिउडमा मात्र नभएर अमृताले साउथका पनि धेरै चलचित्रमा काम गरिसकेकी छिन् । तर आजपनि दर्शकले उनलाई विवाह की नायिका भनेर चिन्ने गर्छन् । विवाह मा अमृता साहिद कपुरसँग देखिएकी थिइन् । चलचित्रमा यी दुईको केमेष्ट्रि र अमृताको अभिनयलाई पनि दर्शकले औधी रुचाएका थिए ।   

प्रतिक्रिया दिनुहोस्