जेल पठाउन झुटो बयान दिने विरुद्ध रियाले दिइन् उजुरी, समर्थनमा आए बलिउड अभिनेता रितेश



 सुशान्त सिंह राजपुत आत्महत्या केसमा जेल परेकी नायिका रिया चक्रवर्ती केहीदिन अघिमात्र जेलबाट छुटिन् । जेलबाट छुट्नासाथ उनले आफ्नो विरुद्ध झुटो बयान दिनेहरु विरुद्ध उजुरी दिने तयारी गरिरहेकी छिन् ।

रिया पक्राउ पर्ने बेला केहीले बिना सबुत नै रियाको खिलाफ बयान दिएका थिए । पछि छानबिन गर्दा उनीहरुले झुट बोलेको पाइएको छ । रियाको समर्थनमा बलिउड अभिनेता रितेश देशमुख उत्रिएका छन् ।

रितेशले रियाले अझै आफूलाई बलियो बनाउनु पर्ने बताएका छन् । साथै उनले सत्यभन्दा माथि केही नभएकाले रियाले डराउनु पर्ने अवस्था नभएको जनाएका छन् ।  

प्रतिक्रिया दिनुहोस्