आजबाट पुनः प्रशारणमा आउँदै मुन्द्रेको कमेडी क्लब



लकडाउन भएपछि विगत ६ महिनादेखि चर्चित टिभी शो मुन्द्रेको कमेडी क्लब को प्रशारण रोकिएको थियो । लकडाउन खुकुलो भएसँगै विभिन्न सुरक्षा अपनाउँदै मुन्द्रेको कमेडी क्लब आजबाट पुनः प्रशारणमा आउने भएको छ ।

मुन्द्रेको कमेडी क्लब सिजन २ मा केही परिवर्तन गरिएको छ । पहिलो सिजनमा दिपाश्री निरौला अध्यक्षको रुपमा थिइन् भने अहिले करिश्मा मानन्धर उनको स्थानमा आएकी छिन् ।

यस्तै कमेडी गर्नका लागि केही नयाँ कलाकारहरु थपिएका छन् भने केही पुराना कलाकारहरु हराएका पनि छन् । सिजन २ को पहिलो भागमा चर्चित नायिका रेखा थापा गेष्टको रुपमा आउँदैछिन् ।  

प्रतिक्रिया दिनुहोस्