सुशान्तका फ्यानसँग डराए अक्षय कुमार, यस्तो छ कारण…



बलिउड अभिनेता अक्षय कुमारको सर्वाधिक प्रतिक्षा गरिएको चलचित्र लक्ष्मी बम को ट्रेलर केहीदिन अघिमात्र सार्वजनिक भयो । ट्रेलरले दर्शकबाट सकरात्मक प्रतिक्रिया बटुलिरहेको छ । तर उक्त ट्रेलरमा दर्शकले गरेको लाइक र डिसलाइक भने हेर्न मिल्दैन ।

केहीदिन अघि अक्षय कुमारले बलिउडमा ड्रग्सको समस्या रहेको तर सबै कलाकारलाई यस केसमा मुछ्न नमिल्ने बताएका छन् । बलिउडमा सुशान्तको सुसाइड पछि नै ड्रग्स केसको चर्चा चल्न थालेको थियो । जसका कारण अक्षयको भनाईले सुशान्तको फ्यानलाई निराश बनायो र उनीहरुले अक्षयमाथि बलिउडलाई बचाउ गर्न खोजेको आरोप लगाए ।

त्यतिमात्र नभएर त्यहि समयदेखि नै सुशान्तका फ्यानले लक्ष्मी बम लाई बाइकट गर्नुपर्ने माग गरेका थिए । सम्भवत त्यसैकारणले लक्ष्मी बम को ट्रेलरमा दर्शकले गरेको लाइक र डिसलाइक देख्न नमिल्ने बनाइएको हुनसक्छ ।   

प्रतिक्रिया दिनुहोस्