मुख्यमन्त्रि शाहिद्धारा कालिकोटमा कोभिड-१९ विशेष अस्पतालको उद्घाटन



प्रेम पाण्डेय

काठमाडौं । कोभिड १९ अर्थात कोरोना भाइरसले विश्व महामारीको रुप लिएर विश्वलाई नै स्तव्ध पारिराखेको बेला यसको असर भुपरेवेष्ठित राष्ट्र नेपालमा पनि देखा परेको छ । नेपाल सरकारले उच्च स्रोत सुरक्षा सर्तकता अपनाई राखेको बेला आज मात्रै दुर-दराजको कर्णाली प्रदेशमा कोभिड-१९ विशेष अस्पतालको मुख्यमन्त्री महेन्द्र बहादुर शाहीद्धारा उद्घाटन गरेको छ ।

कालीकोटको सदरमुकाम मान्मामा आइतबार ५५ शैैयाको वेड सहितको विशेष अस्पताल उद्घाटन गदैे मुख्यमन्त्रि शाहीले अव कोरोना कारण कोहि पनि कर्णाली बासीहरुले दुःख नपाउने र सहज रुपमा उपचार पाउने बताएका छन् । सोही अस्पतालका जनस्वास्थ्य अधिकृत कटक बहादुर महतको अनुसार अस्पतालमा ५ वेड आईसियु र ५५ वेड सामान्य सञ्चालन गरिएको जानकारी परिवर्तन खबर लाई दिएका छन् ।

अस्पताल सञ्चालन भए सँगै कालिकोट र आस पासका जिल्लाहरुले सहज रुपमा उपचार पाउने युवा नेता लक्ष्मी प्रशाद चौलागाई शैलेन्द्रले बताएका छन् ।

गृह जिल्ला कालिकोट पुगेका मुख्यमन्त्रि शाहि र मुख्यमन्त्रिका प्रमुख स्वकिय सचिव खेम बहादुर सिँंहले जिल्लामा सञ्चालन भएका निमार्णका योजनाको अनुगमन छलफल अन्र्तरक्रिया र पछिल्लो समयमा बाढी पहिरोबाट क्षेति भएका पिडितहरुको बारेमा जानकारी र अन्य थुप्रै विषयरुमा समेत चिन्ता र चासो व्यक्त गरेको बुझ्न आएको छ ।

प्रतिक्रिया दिनुहोस्