मन्जु भट्टराई को ‘गोल काक्री गल्क्यो बरिलै’ चर्चामा 



बिश्व ब्यापी रुपमा फैलिरहेको ९कोभिड १९० कोरोना भाइरस बाट नेपाल अछुतो छैन । तर पनि नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा कोभिड १९ ले तिज गितमा भने खासै प्रभाब पारेको देखिदैन ।

एक पछि अर्को गर्दै प्रतिस्पर्धामा तिज गीतहरु युट्युब मार्फत सार्बजनिक भैरहेका छन । पछिल्लो केही दिन यता गायक खेम सेन्चुरी को युट्युब च्यानल बाट सार्बजनिक गीत टिक टक ,सामाजिक संन्जाल ,युट्युबमा निकै चर्चामा छ ।

माया प्रेमको शब्दहरु चयन गरेर लेखिएको यो केटो पल्क्यो बरिलै बोलको गीतमा स्वर गायक खेम सेन्चुरी र गायिका मन्जु भट्टराई को रहेको छ । नेत्र अर्यालको शब्द, खेम सेन्चुरी को लय रहेको गीतको म्युजिक भिडोयो निर्देशन प्रकाश भट्ट, छयाङकन नबराज उप्रेती र भिडियोमा अभिनय रक्षा श्रेष्ठ र गायक खेम सेन्चुरीले गरेका छन । गीत लाई सस्कृती म्युजिक प्रा।ली ।ले बजार ब्यबस्थापन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्