कोरोना रोकथाम तथा नियन्त्रणको सातै प्रदेशको कोषमा नेपाल बैंकले ५/५ लाख सहयोग दिने



१९ चैत २०७६, काठमाडौं

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा सरकारालाई साथ दिनुपर्ने भन्दै नेपाल बैंक लिमिटेडले सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोनाको रोकथाम तथा नियन्त्रण कोषमा ५/५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेश सरकारको कोषमा ५/५ लाखका दरले हुन आउने ३५ लाख रकम आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशकुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

बैंकले यसअघि देशमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि संघीय सरकारबाट भएको पहलकदमीलाई साथ दिन संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक करोड रकम आर्थिक सहयोग प्रदान गरेको थियो । यो सँगै कोरोना भाइरस संक्रमण रोकथाममा बैंकको तर्फबाट कूल एक करोड ३५ लाख योगदान भएको प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

नेपाल बैंक लिमिटेडद्वारा जारी विज्ञप्ती : 

प्रतिक्रिया दिनुहोस्