भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेयर गरे कार्तिक आर्यनको कोरोना सम्बन्धी अपिल



०८ चैत्र २०७६, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अभिनेता कार्तिक आर्यनले कोरोना भाइरस बाट बच्नको लागि दिएको सन्देश सेयर गरेका छन् ।

कार्तिकले भिडियोमा सकेसम्म जनतालाई घरबाट बाहिर नजान आग्रह गरेका छन् । यस्तै नरेन्द्र मोदीले उनको भिडियो सेयर गर्दै सकेसम्म घरबाट बाहिर ननिस्कन अपिल गरेका छन् ।

भिडियोमा कार्तिकले आफ्नो फिल्म ‘प्यारका पन्चनाम’ स्टाइलमा नरेन्द्र मोदीको समर्थन गर्दै सोसल डिस्टान्सिङ्ग नै कोरोना संग लड्ने एक मात्र तरिका भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्