“भ्यालेनटाइन डे” किन “रोज डे”बाट सुरु हुन्छ ? रहस्य यस्तो..



२४ माघ २०७६, काठमाडौं

‘भ्यालेनटाइन डे’को सप्ताह आजबाट शुरु भएको छ । ‘भ्यालेनटाइन डे’को सप्ताह ‘रोज डे’बाट शुरु हुन्छ ।

यो दिनमा एक अर्कालाई गुलाब दिएर खुसीयाली मनाउँने गरिन्छ । तर के तपाईले ‘भ्यालेनटाइन डेको शुरुवात किन ‘रोज डे’बाट नै हुन्छ यसको रहस्य बताउँछौ ।

प्राचीन समयमा भिक्टोरियाई मानिसहरु आफ्नो भावना एक अर्कामा साटासाट गर्नका लागि एक अर्कालाई गुलाब दिने गर्दथे । गुलाब बिभिन्न रंगका हुने गर्दछन् ।

तर रातो रंगको गुलाब को प्रयोग भने मायाँ साटासाट गर्नको लागि प्रयोग गरिन्छ । युवा युवतीहरु धेरै मायाँ एक अर्कामा होस् भनेर रातो गुलाब दिएर ‘भ्यालेनटाइन डे’को सप्ताह शुरु गर्दछन्।

किनभने रातो गुलाब एक अर्कामा साटासाट गर्दा मायाँ गाडा हुने विश्वास छ । रातो गुलाबलाई प्रेमको प्रतिक पनि मान्ने गरिन्छ । त्यसैले सप्ताहब्यापी ‘भ्यालेनटाइन डे’को पहिलो दिन रोज डेबाट शुरु हुन्छ । साथै रातो रंग प्रेमको प्रतिक पनि मान्ने गरिन्छ । त्यसैले पनि रातो गुलाब ‘भ्यालेनटाइन डेको पहिलो दिन नै मनाउँने गरिन्छ । पिंक कलरको गुलाब आभार प्रकट गर्न, पहेँलो गुलाब साथीको प्रतिकको रुपमा प्रयोग गर्ने गरिन्छ । एजेन्सी….

प्रतिक्रिया दिनुहोस्